मंगलबार, साउन २४ २०७९
काठमाडौं २३:२३
वासिङटन डिसी 13:38

एएनएचएसको तीज महोत्सव २०२१ सम्पन्न

बिष्णु न्यौपाने -मिडिया को–अर्डिनेटर (एएनएचएस) २०७८ भदौ २० गते ४:३२ मा प्रकाशित

५,सेप्टेम्बर २०२१-अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को बार्षिक तीज महोत्सव २०२१, सेप्टेम्बर ४ शनिबारको दिन सम्पन्न भएको छ।समाजका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा सम्पन्न तीज महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण यस बर्ष पनि भर्चुअल माध्यम (जुम) बाट आयोजना गरिएको थियो।अमेरिकि पूर्वीय समय अनुसार अपरान्ह ४ः३० बजेबाट शुरु भएको कार्यक्रम राती ९ बजे समापन गरिएको थियो।

कार्यक्रममा सहभागिहरुलाई शुभकामना मन्तव्य दिदै संस्थाका अध्यक्ष कमल भट्टराईले यो वर्ष पनि जुम मार्फत कार्यक्रम गर्नुको कारणबारे प्रकाश पार्नुभएको थियो।वहाँका अनुसार संस्थाले भौतिक उपस्थितिमै कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न तयारीहरु गरे पनि कोरोना महामारीबाट आम जनसमुदायलाई सुरक्षित राख्नु संस्थाको दायित्व भएका कारण अन्तिम समयमा आएर भर्चुअल माध्यम रोज्नुपरेको हो।वहाँले सामुहिक उपस्थितिमा गरिने आगामी कार्यक्रमहरु स्वास्थ्य सम्बन्धि न्यूनतम मापदण्डको पालना गरि भौतिक रुपमै गर्ने वातावरण छिट्टै सिर्जना हुने पनि विश्वास व्यक्त गर्नुभयो।

कार्यसमिति सदस्य लक्ष्मी रेग्मीले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको अपेक्षा सहित तीजको शुभकामना समेत दिनुभएको थियो।कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिना,वरिष्ठ उपाध्यक्ष रमेश ढकाल लगायतले शुभकामना दिनुभएको थियो।

अमेरिकाको भर्जिनिया,नर्थ क्यारोलिना,ओहायो लगायत क्यानडा र नेपालबाट गरि करिब ३० वटा तीज सँग सम्बन्धित विभिन्न सन्देशमूलक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।कार्यक्रमको बीचबीचमा सम्पूर्ण सहभागिहरुलाई सामुहिक रुपमा नृत्य प्रस्तुत गर्नको खुल्ला नृत्यको समेत व्यवस्था गरिएको थियो। जसबाट सम्पूर्ण सहभागिहरुले भरपूर मनोरञ्जन प्राप्त गरेका थिए।

कामना पन्थी,जानु ओझा र तनुजा पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रविधि तर्फ तिलक खरेल,शिव तिम्सिना र अर्जुन गौतमले सहजिकरण गर्नुभएको थियो।

-बिष्णु न्यौपाने -मिडिया को–अर्डिनेटर (एएनएचएस)

प्रतिक्रिया