बरिष्ट ब्युटिसिनय सोनी कारंजितद्धारा पियोर स्टाइलिस्ट ब्युटी होम उद्घाटन

इनेप्लिज २०७८ भदौ १९ गते १२:२८ मा प्रकाशित

काठमाडौं,१९ भदौ-पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर नयाँ आउटलेटका साथ ललितपुरको कुमारी पाटीमा खोलिएको छ।यो पार्लर यस अघि यस अघि ललितपुरको नटोलमा रहेको थियो।यो नयाँ आउटलेटलाई चर्चित ब्युटिसियन रिना अवालेले स्थापना गरेकी हुन्।

बरिष्ट ब्युटिसियन सोनी कारंजितले शनिबार मध्यान्नमा पाटनको कुमारीपार्टीमा खुलेको नयाँ आउटलेट पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरिन्।

बरिष्ट ब्युटिसियन सोनी कारँजितले उद्घाटनका क्रममा रिना यस अघिको पार्लर भन्दा अहिलेको पार्लर सुविधा सम्पन्न भएको भन्दै यसले कस्टमरलाई अझ बढी सुविधा दिने बताईन्।रिना आफैंमा सफल र प्रतिभाशाली ब्युटिसियन भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन्।

रिना बिगत लामो समयदेखि हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन्।यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिक उत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन्।अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सबैकुराले सुविधा सम्पन्न रहेको पनि उनले बताईन् ।अबै सबैलाई ब्युटी सम्बन्धि सेवा र ब्युटिसियन सम्बन्धि,बेसिक,एड्भान्स,डिप्लोमा तालिमा लिन यही पार्लमा पनि उनले अनुरोध गरिन्।

यस्तै बरिष्ट ब्युटिसियन रुस्का श्रेष्ठले पानसमा बत्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गरिन्।ब्युटिसियन रिना अवाले ब्युटी क्षेत्रमा आफ्नो विधार्थी रहेको र विधार्थीले यती भव्य र सुविधा सम्पन्न पार्लर खोलेर प्रगति गर्दा आफुलाई साह्रै खुसी लागेको रुस्काले बताईन्।

सो उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रचना महर्जन शाक्य,रेणु रानामगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए।सो उद्घाटन पछि पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट तर्फबाट केही व्यक्तलाई सम्मान गरिएको थियो।पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका सहयोगी, विज्ञापनदातालाई मायाँको चिनो प्रदान गरिएको थियो।सोही क्रममा १० औं वर्षको अबसर पारेर काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलता सेलिबेसन गरियो।

प्रतिक्रिया