पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा प’हिरोले घर पु’रिदा एकै परिवारका ३ जनाको मृ’त्यु भएको छ भने एक जना घा’इते भएका छन् ।
पोखरामा केहि दिन देखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउहरुमा बा’ढी र प’हिरो जाने क्रम रोकिएको छैन । पोखराको भलाममा पनि प’हिरोका कारण २ ठाउमा दु’खद घ’टना घटेको थियो । एक ठाउमा बाग्लुङ्ग घर भई पोखरा २० भलाम बस्दै आएका एक परिवारका आमा छोराको दु’खद नि’धन भएको थियो भने अर्को ठाउमा एकै परिवारका एक जनाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने अर्का एकजनाको उपचारको क्रममा मणिपाल अस्पतालमा मृ’त्यु भएको थियो । मृ’त्यु हुनेमा एकै घरका श्रीमान् श्रीमती रहेका थिए भने २ जना सन्तानमध्ये एकजना घा’इते भएका थिए र उनको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । त्यसै एकजना ४ वर्षीय बालक बे’पत्ता भएका थिए ।
घर माथिबाट आएको प’हिरोले घर पु’रिदा एक जना ४ वर्षीय बालक बेप’त्ता भएका थिए । हिजो देखि नै उनको नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाद्वारा खोजि कार्य भईरहेको थियो । खोजि कार्य अगाडी बढाउदै गर्दा आज उक्त बालकको श’व उनकै बुवाको श’व भेटिएकै स्थानमा भेटिएको थियो । प’हिरोले घर ब’गाउदा एउटा छोरा आमासंगै रहेको र आमाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने छोरालाई उ’द्दार गरि उपचारको लागि अस्पताल लगिएको थियो । त्यस्तै आज मात्रै बुवा कै श’व भेटिएको ठाउमा अर्का छोराको पनि श’व फेला परेको हो ।
प’हिरोले बुवा र आमा दुवैको मृ’त्यु भएको भन्ने समाचार यति बेला सम्म पनि घा’इते भएका बाबुलाई थाहा दीएको छैन । उपचारकै क्रममा रहेका उनले मेरो बुवा आमा कता हुनुहुन्छ भन्ने खालका प्रश्न गर्दा आफुहरुको मन भ’क्कानिएर आउने र आखा भरि आशु हुने गरेको स्थानियको भनाई रहेको छ । मणिपाल अस्पतालमा उपचार गराउदै आएका उनको पछिल्लो अवस्था राम्रो रहेको र हिजो मात्रै एउटा अप्रेशन गरिएको स्थानियले बताएका छन् । गाउमा खेतीपाती गर्दै आएका परिवारमा एक्कासी यो ब’ज्रपात छाएसंगै परिवारका एकजना सदस्य मात्रै जीवित रहेका छन् ।
धेरै जना स्थानियले उनको बारेमा धेरै प्रश्नहरु गर्नुभएको थियो । हामीले पनि वास्तविकता के थियो भन्ने बुझ्ने प्रयास गरेका छौ । अहिले उनको अवस्था राम्रो रहेको र उपचारको सबै खर्च हालसम्म वडा नम्बर २० का वडा अध्यक्षकै जिम्मामा गरिएको वडा सदस्यले समय नेपाललाई जानकारी दिएकि छिन्।
पोखरामा बा’ढी प’हिरोले ठुलो क्ष’ति पुर्याएको भएपनि यो हप्ताको पहि’रोले पोखराको भलाम गाउ नै शो’कमा पुर्याएको छ । एकातिर मानविय क्ष’ति भएको छ भने अर्को तर्फ मणिपाल अस्पताल हुदै भलाम आउने मुख्य सडक नै चि’रा परेको छ र धेरै ठाउमा प’हिरो ख’सेको कारण सडक एकतर्फी मात्र संचालनमा आएको छ ।
प्रतिक्रिया