घरकी सासुले गर्भवती बुहारीलाई कुटेको भिडियो भाईरल भएको छ।रिना केसीको तीज गीत तगारोको म्युजिक भिडियोमा उक्त दृश्य प्रस्तुत गरिएको छ।
नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन्।तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन्।बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन्।बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन्।
सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन्।यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज गीत तगारो बजारमा आएको छ।सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ।भिडियोलाई गणेश सापकोटाले छायंकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेका छ।
हेर्नुहोस् भिडियो।
प्रतिक्रिया