साउथ क्यारोलाइनाको एक हेरचाह गृहको सवारीसाधन अड्डामा गाडी भित्र जुम्लिया बच्चाहरु मृत अवस्थामा फेला

इनेप्लिज २०७८ भदौ १८ गते १:३९ मा प्रकाशित

 

साउथ क्यारोलाइनाको एक हेरचाह गृह(डे केयर )को सवारीसाधन अड्डामा गाडी भित्र जुम्लिया बच्चाहरु मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएका छन् ।

अनुसन्धानकर्ताहरुको अनुसार २० महिनाका जुम्लिया बच्चाहरु तातो सवारी साधनमा करिव ९ घण्टा सम्म गाडी भित्र बस्दा तातोको कारण मृत्यु भएको जनाएका छन् ।

गत बुधबार सेप्टेम्बर १ का दिन साँझ ५:४० मिनेट पछि उनका अभिभावक त्यहाँ आउँदा आफ्ना बच्चाहरु पछाडिको सिट (स्थान)मा फेला परेका थिए । उक्त घटना सनसाइन हाउस अर्ली लर्निङ्ग एकडेमीमा भएको हो ।

अनुसन्धानकर्ताको अनुसार साउथ क्यारोलाईनाको कोलम्बिया उपनगरको ब्लिथवुडको २१ राजमार्ग स्थित शिशु स्याहार केन्द्रमा भएको जनाएका छन् ।

प्रहरीका अनुसार दुवैजना एसयुभी जातको गाडीमा बिहानै देखि त्यहाँ भएकोले प्रचण्ड गर्मीको कारण निधन भएको रिचल्याण्ड काउन्टीका मृत्यु समीक्षक नादिया रुथरफोर्डले पत्रकार सम्मेलनमा बताइन ।थप जाँच अर्को हप्तामा गरिने र मृत्युको कारण बारेमा बताइने उनले जानकारी दिईन ।

रिचार्ड काउन्टी का सहायकले अनुसन्धान भै रहेको जनाउँदै हाल सम्म कसैलाई पक्राउ गरि नसकिएको बताएका छन् । कोलम्बिया क्षेत्रमा उक्त दिन ८० डिग्री तापक्रम गरेको थियो ।

मृत्यु समीक्षकले अभिभावकको नाम सार्वजनिक गरेका छैनन् । रुथरफोर्डले त्यति लामो समय सम्म उक्त गाडीमा किन र कसरी राखियो भन्ने बारेमा बोल्न नचाहेको उनले बताइन ।

रुथरफोर्डले हामी कसरी र के कारणले बच्चाहरूलाई गाडीमा यति लामो समय सम्म छोडिएको थियो, बोल्न सक्दैनौं भनि जवाफ दिएकी थिइन् ।

प्रतिक्रिया