शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:३३
वासिङटन डिसी 00:48

अमेरिकामा आइडा नामक आँधिको कारण ६ वटा राज्यमा कम्तीमा ४५ जनाको मृत्यु

न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु

इनेप्लिज २०७८ भदौ १७ गते २२:२९ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क ,न्यूजर्सी लगायत ६ वटा राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षा र घुम्र्पातको कारण कम्तीमा ४५ जनाको मृत्यु भएको छ । न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ भने २३ जनाको न्यू जर्सीमा मृत्यु भएको छ ।

न्यूजर्सीका गभर्नर फिल मर्फीका अनुसार बिहिबार साँझ सम्म आँधी र बाढीको कारण २३ जनाको ज्यान गएको बताएका छन् । उनले बाढीले उनीहरुका गाडी बगाएको र मृत्यु भएको जानकारी दिएका छन् ।

आइडा नामक समुन्द्री आंधीले न्यूयोर्क,फिलाडेल्फिया र न्यू जर्सीलाई ठूलो क्षति बनाएको छ । अहिले सम्म आएको बाढीको कारण कनेक्टिकट,न्यूयोर्क,न्युजर्सी,फिलाडेल्फिया,मेरिल्याण्ड र भर्जिनिया कम्तीमा २७ जनाको ज्यान गरेको समाचार सिएनएनले अध्यावधिक गरेको छ ।

उक्त राज्यहरुमा सवारी साधनमा रहेका चालकहरुले गाडी सडकमै छोडेका छन् भने हराई रहेकाहरुका लागि प्रहरीहरुलाई सम्पर्क गरि रहेका प्रहरीले बताएका छन् ।

न्युयोर्कमा १९२७ देखि पहिलो पटक यती मात्रामा वर्षा भएको छ । सेप्टेम्बर १ का दिन न्यूयोर्क र न्यू जर्सी दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ । त्यसको साथै न्यूजर्सीमा घुम्र्पातले कैयौ घरहरु तहस नहस बनाएको छ ।

गत बुधबार ७.१३ इञ्च वर्षा भएको थियो भने १९२७ मा ३.८४ को वर्षा भएको अभिलेख छ । यसैगरी मौशम बिभागका अनुसार सेन्टर पार्कमा त्यस्तो किर्तिमान १८६९ मा भएको जनाएको छ ।

नेवार्कमा ८.४१ इञ्चको वर्षा अभिलेख गरिएको छ जुन १९५९ मा केवल २. २२ इञ्च मात्र अभिलेख गरिएको थियो ।

प्रतिक्रिया