शिलास्मा फाउन्डेसनद्धारा प्रमाणपत्र प्रदान तथा तीज कार्यक्रम

इनेप्लिज २०७८ भदौ १७ गते २१:१८ मा प्रकाशित


काठमाडौं,१७ भदौ शिलास्मा फाउन्डेसनले १० जना जेहन्दार तथा विपन्न महिलाहरुलाई तीन महिने ब्युटिसियन प्रशिक्षण दिएको छ।उनीहरुलाई बुधबार काठमाडौंमा एक समारोहबीच ब्युटिसियन बेसिक कोर्ष सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरियो।

शिलास्मा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको प्रमाणपत्र प्रदान,फेशन सो तथा तीज दर कार्यक्रम २०७८ मा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यी प्रशिक्षार्थीहरुलाई ब्युटिसियन उतिर्णको प्रमाणपत्र प्रदान गरिन्।आफ्नो फाउन्डेसनको तर्फबाट विभिन्न महिलालाई ब्युटिसियन सम्बन्धि सिप सिकाएर शिलास्मा हमालले उनीहरुलाई आत्म निर्भर बन्न सहयोग पु¥याएको कोईरालाले सो कार्यक्रममा बताईन्।

काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट उनीहरुले तीन महिनाको बेसिक कोर्ष सम्पन्न गरेका हुन्।यसरी बेसिक कोर्षसम्पन्न गरेर प्रमाणपत्र प्राप्त गर्नेहरुमा कल्पना कुमाल, ममता शाह,मन्दिरा शाही,लिला कुमारी सुनुवार,रञ्जु थापा,सुरती बराल, रस्मिता लामा श्रेष्ठ,सृजना राई,सुनिता राना र निसान रुम्बा थिए।उनीहरुलाई रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले तीन महिने ब्युटीसम्बन्धि प्रशिक्षण दिएकी थिईन्।

सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले शिलास्मा फाउन्डेसनले समाजमा उदाहरणीय काम गरेको बताईन्।सामाजिक अभियान्ताको रुपमा परिचित शिलास्माले लामो समयदेखि गरिब दुःखी बिपन्नहरुलाई सहयोग गर्दै आएको, धेरैले सिप प्रशिक्षणको व्यबस्था गरेर आत्म निर्भर तुल्याएको पनि बरिष्ट व्युटिसियन सोनीले कार्यक्रममा बताईन्।

तीज दर तथा प्रमाणपत्र प्रदान कार्यक्रममा विभिन्न व्यक्तलाई शिलास्मा फाउन्डेसनका तर्फबाट सम्मानित गरियो।सम्मानित हुनेहरुमा शसस्त्र प्रहरी बल महिला परिवारकी अध्यक्ष सरिता कँडेल खनाल,प्रहरी उपरिक्षक डा.सौजन्य कर्माचार्य,प्रहरी नायव उपरिक्षक उर्मिला गुरुङ थिए।यस्तै फेशन डिजाईनर गोमा अधिकारी धिताल,तारा राणा,दिब्य ठकुरी,निर्माला शर्मा, पेमा लामालाई पनि कार्यक्रममा सम्मान गरियो।’

कार्यक्रममा तीज स्पेशल फेशन सो गरिएको थियो।उषा खड्गीले तयार परेको तिज स्पेशल पहिरनमा सजिएर रोज सिप विकाश तालिम केन्द्रका एक दर्जन विधार्थीहरु र्याम्पमा उत्रिएका थिए।फेशन सोको शोस्टपरको रुपमा पूर्व मिस नेपाल उषा खड्की थिईन्।यस्तै सो कार्यक्रममा विधाथीहरु पनि कोभिको भ्याक्सिन हामीलाई लगाउ र अनलाईन क्लास बन्द गर लेखिएको प्लेकार्ड सहित र्याम्पमा उत्रिएका थिए।उनीहरुको फेशन सो पनि आकर्षक थियो।

कार्यक्रममा आयोजक शिलास्मा हमालले लायान्सका विभिन्न पदाधिकारी,विभिन्न व्युटिसियन,कस्मेटिक व्यबसायी,सहयोगीहरुलाई मायाँको चिनो प्रदान गरिन्। उनले कार्यक्रममा आर्थिक रुपमा विपन्न एक किशोरी आमालाई आर्थिक सहयोग पनि गरिन्।शसस्त्र प्रहरीका कलाकार र रोज सिप विकाश तालिम केन्द्रका विधार्थीहरुले विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए।

यस्तै शिलास्माले कार्यक्रममा बोल्दै समाजमा रहेको विपन्नहरुका लागि केही गरौं भनेर शिलास्मा फाउन्डेसन स्थापना गरेको बताईन्।यो फाउन्डेसनबाट १० जनालाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएको र अन्य विभिन्न कार्य पनि गर्दै आएको उनले जानकारी गराईन्।

अग्रज ब्युटिसियन सिता पाठकले शिलास्माको सामाजिक कार्यको प्रसँसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरिन्।कार्यक्रमको अन्त्यमा तीजको दर खाँदै महिला दिदी बहिनीहरु नाचगानमा रमाएका थिए।

प्रतिक्रिया