विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा

इनेप्लिज २०७८ भदौ १७ गते १०:३३ मा प्रकाशित

काठमाडौं – एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा परेको छ।यो फेस्टिभलका लागि संसारभरका सयौं चलचित्रकर्मीले आफ्ना सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी गराएका थिए।

Bidh lab
ग्रिसमा आयोजित उक्त फेस्टिभलमा ‘जुनको’ छनोट भएपछि उक्त चलचित्रका निर्देशक तथा लेखक मिन्सो लिम्बुले खुसी ब्यक्त गरेका छन् ।

यो चलचित्रमा गरिमा सिंह पेला,सरिता गिरी र सुवासले अभिनय गरेका छन्।जुनकोलाई नीरज भुसालले खिचेका हुन्।राकेश शाह यसका सहायक क्यामेराम्यान छन्।

Dish Home
राजेन्द्र मोक्तानको कलर रहेको चलचत्रिलाई पासाङ देवा शेर्पाले सम्पादन गरेका हुन्।

उक्त फेस्टिभलमा छनोट भएपछि एभरेष्ट फिल्म एकेडेमीले खुसी ब्यक्त गरेको छ।

‘यो खुसी हाम्रा लागि मात्र होइन समग्र नेपालीका लागिपनि हो,एकेडेमीका अध्यक्ष सुनील थापाले भने,‘अझ नेपाली चलचित्रकर्मीका लागि त झनै विशेष खुसीको खबर हो।’

फेस्टिभल आगामी सेप्टेम्बरको १२ देखि १८ सम्म ग्रिसमा आयोजना हुँदैछ।

प्रतिक्रिया