शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:००
वासिङटन डिसी 13:15

जिपी कोईराला फाउन्डेशन अमेरिका र ICCD द्वारा विशेष कार्यक्रम सम्पन्न ।

इनेप्लिज २०७८ भदौ १७ गते १०:०४ मा प्रकाशित

३१ अगष्ट २०२१ न्युयोर्क अमेरीका -गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टर र ईन्टरफेथ काउन्सिल फर कम्युनिटी डेभलोपमेन्ट (ICCD)को संयुक्त आयोजनामा आज न्युयोर्कको ज्याक्सन हाईट्सस्थित जुईस् हलमा कोरोना भाईरसको कारण विश्वभर ज्यान गुमाएका मानवजनको सम्झनामा एक विशेष धार्मिक पाठ तथा सचेतना कार्यक्रम संचालन गरियो।नेपाल लगायत एशियाई विभिन्न मुलुकका सामाजिक अभियान्ताहरूको सकृय सहभागिता रहेको सो कार्यक्रममा जिपि कोईराला फाउन्डेशनको नेतृत्वमा नेपाली लगायत विभीन्न समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै फाउन्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा,प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी तथा कार्यसमिति सदस्यहरू क्रमशःरेखा श्रेष्ठ,राजेश आचार्य र ध्रुव कुँवर क्षेत्री सहभागी हुनुहुन्थ्यो।यसैगरी नेपाली सेनाका पुर्व प्रधानसेनापती रूक्मांगद कटुवाल पनि सो कार्यक्रममा विशेष अतिथि भै आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।वहाँले सारा विश्वजगत अहिले कोरोनाका कारण संकटवाट गुज्रीईरहेको र सम्पूर्ण मृतकहरूप्रती भावपुर्ण श्रद्धांजलि व्यक्त गर्दै विज्ञानले चमत्कार गरी यस्लाई सदाको लागी जित्न सकोस भन्ने आफु र सिंगो नेपालीको शन्देस रहेको वताउनुभयो।

सो अवसरमा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीद्वारा हिन्दु परम्परा अनुसार शान्तीपाठ गर्नुभएको थियो।त्यसैगरी उर्गेन टुल्को लामा
द्वारा बौद्द धर्म परम्परा अनुसार शान्ती स्तोत्र वाचन गर्नुभएको थियो भने जैन,ईसाई,मुस्लिम,सिख लगायत विभिन्न धर्म गुरूहरूद्वारा आ-आफ्नो परम्परा अनुसार शान्तिको कामना गर्दै प्रार्थना गरिएको सो कार्यक्रममा भारत,वंगलादेश,पाकिस्तान,श्रीलंका,फिलीपिन्स ,साउदी अरब,क्यारेबियन देशहरु र अमेरिका लगायत विभिन्न मुलुकका महानुभावहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

न्यूयोर्क शहर स्वास्थ्य विभागकी सहायक निर्देशक डा. डिडीरे ले कोरोना वाट बच्ने र बचाउॅंने उपाय बारे विशेष सल्लाह र कोरोना सॅंग लडन सक्ने धेरै महत्त्वपूर्ण जानकारीमुलक सन्देश प्रवाह गर्नुभयो।

ICCD का महासचिव शलिम शैयदद्वारा उद्घोषण गरी संचालन गरिएको सो कार्यक्रममा नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ,मिस नेपाल नर्थ अमेरिका २०२१ सुश्री गरिमा ज्ञवाली, पत्रकार सुनीता शर्मा कोईराला,समाजसेवी श्याम कार्की ,वरिष्ठ लोक गायिका संगीता थापा मगर घिमिरे,वरिष्ठ मोडल गायीका एवं नृत्यांगना वसन्ति राई,वरिष्ठ लोक गायक विमल डाँगी,यु एस नेपाल क्लाईम्वर्स एसोसिएशनका अध्यक्ष पासांग निमा शेर्पा,समाजसेवी राधा ज्ञवाली, मोरगं समाज अमेरिकाका सदस्य द्वय बुध्द पौडेल र शेखर कार्की लगायतको उपस्थिती थियो।सो अवसरमा बोल्दै गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले कोभिडको असरवाट विश्वजगत गुज्रीईरहेको वर्तमान परीवेशमा यस्तो आध्यात्मिक एवं धार्मिक तथा जागरण कार्यक्रम गर्नपाउँदा अत्यन्त खुशी लागेको र फाउन्डेशन सदा जनहितकारी कार्यमा लागीपर्ने प्रतीवद्वता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया