नर्थ क्यारोलाईनाको एक माध्यमिक बिद्यालयका बिधार्थीलाई गोली हानी हत्या , संदिग्धको खोजी जारी
नर्थ क्यारोलाईना राज्यको विन्सटन सेलम शहरको एक माध्यामिक विद्यालयका बिधार्थीलाई गोली हानी हत्या गरेकोमा संदिग्धको खोजी जारी राखिएको समाचार सिएनएनले लेखेको छ ।
सेप्टेम्बर १ बुधवारका दिन उक्त घटना भएकोले प्रहरी अधिकारीहरूले उनको व्यापक खोज तलास गरि रहेको जनाएका छन् । उक्त शहरको माउन्ट ट्याबर माध्यमिक बिद्यालयमा गोली काण्ड घटेको फोर्सिथ काउन्टीका शेरिफ कार्यालयले सामाजिक संजाल मार्फत जानकारी गरेका थिए ।
उक्त घटना बुधवार दिउसो १२: ०७ मिनेट (अमेरिकी पूर्वीय समय)मा घटे पछि प्रहरीहरु त्यहाँ पुगेको विन्सटन सेलम प्रहरी विभागका प्रमुख क्याटरिना थोम्सनले पत्रकारहरूलाई बताइन ।
उनका अनुसार एक बिधार्थीलाई गोली हानी घाइते बनाइएको थियो । उनलाई प्राथमिक स्वास्थ्य टोलीले बचाउन पुरै कोसिस गरे । उनलाई वेक फोरेस्ट विश्वविद्यालय बप्टिस्ट चिकित्सा केन्द्रमा लागिएको थियो भने चोटपटकको कारण उनको निधन भएको उनले बताइन ।
प्रहरीले संदिग्ध विद्यार्थी नै भएको शका गरिएको र अझ सम्म पनि संदिग्धलाई पक्राउ गर्न नसकिएको उनले बताइन । घटना पछि विद्यालय पुरै बन्द गरिएको सामाजिक संजाल ट्वीटर सार्वजनिक गरिएको छ ।
पछि बिधालय बन्द खोलिएको जनाईएको छ । गोलीबारी पछि बिधार्थीहरुलाई नजिकैको ह्यारिस टिटर नामक किराना पसलमा राखिएको र अभिभावकहरूले त्यहाँबाट लैजानु पर्ने व्यवस्था मिलाईएको थियो ।
गभर्नर रोय कूपरले एक वक्तव्यमा गोलीकाण्ड बारेमा जानकारी दिइएको र कुनै पनि आवश्यक सहयोग प्रदान गर्न को लागी तैयार रहेको उनले बताए । “हामीले विद्यार्थी र शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्नको लागी काम गर्नु पर्छ, चाँडै बन्दुकधारीलाई पक्रनु पर्छ र बन्दुक विद्यालयको मैदानबाट टाढा राख्नु पर्छ,” उनले भने।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया