शुक्रबार, माघ १४ २०७८
काठमाडौं २३:०५
वासिङटन डिसी 12:20

वाशिंगटन डिसीमा सवारी साधनमा रहेका आमा र सानो छोरालाई गोली प्रहार

इनेप्लिज २०७८ भदौ १६ गते ११:०६ मा प्रकाशित

अमेरिकाको राजनधानी वाशिंगटन डिसीमा सवारी साधनमा रहेका आमा र छोरालाई गोली प्रहार गरिएको प्रहरीले बताएका छन् । गत अगस्त ३१ रातीका दिन झ्यालबाट गोली प्रहार गरिएको हो ।

डिसीको दक्षिणपूर्व स्थानमा गोली हानिएको थियो भने अर्का तेस्रो व्यक्ति पनि घाइते भएका छन् ।

गत मंगलबार राती डिसीको दक्षिणपूर्व स्थित १५०० भवन होवार्ड सडकमा करिव ९ बजे गोलाबारीको खबर प्रहरीलाई गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका अनुसार पीडितहरुलाई कार(सवारी साधन)मै गोली हानिएको प्रहरीले जनाएका छन् । प्रहरी प्रमुख रोबर्ट कोन्टिका अनुसार उनीहरु खतरामुक्त रहेका छन् ।

साथै बच्चा निकै सानो भएको उल्लेख गरेका छन् ।

प्रहरीले अनुसन्धान गरि रहेको छ भने फरार रहेका व्यक्तिको खबर दिन समुदायलाई प्रहरीले आग्रह गरेको समाचार एनबिसी वाशिंगटनले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया