शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ०९:५१
वासिङटन डिसी 00:06

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ६० हजार संक्रमित,१,३४६ जनाको मृत्यु

इनेप्लिज २०७८ भदौ १६ गते १०:४४ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ६० हजार ४१ जना संक्रमित भएका छन् । यसैगरी कोरोनाबाट १ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ ।

गत मंगलबार अगस्त ३१ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा १४ प्रतिशत संक्रमित संख्यामा वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ४० हजार ४ सय ७८ जनाको निधन भएको छ भने दुई हप्तामा ९३ प्रतिशतले मृत्यु दर बढेको छ ।

अगस्त ३१ का दिन सम्म १ लाख ८ सय ६८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १९ प्रतिशतले वृद्धि भएको छ । गत अगस्त ३१ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ९३ लाख १४ हजार २ सय ३८ पुगेको छ ।

गत मंगलबार १३ लाख ६८ हजार ५ सय ८८ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५२.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६१.८ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७४.२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६३.५ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड १० लाख २० हजार ६ सय १२ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९२ प्रतिशत र पूर्ण खोप ८१.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको कूल जनसंख्या ३३ करोड २६ लाख रहेको छ भने अमेरिकामा हाल सम्म ४४ करोड १३ लाख ३२ हजार १ सय ५५ खुराक खोप आपूर्ति गरि सकिएको छ

प्रतिक्रिया