मिस एण्ड मिसेस युनिभर्सलका प्रतियोगिले आफूमा भएको प्रतिभा प्रस्तुत

इनेप्लिज २०७८ भदौ १६ गते १०:२८ मा प्रकाशित

काठमाडौं,भदौ १६।सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस युनिभर्सलका प्रतियोगिले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका छन्।स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा भइरहेको यो प्रतियागितामा प्रतियोगीहरूले ट्यालेण्ट राउण्डमा आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन्।प्रतियोगिले नृत्य,हेयरकट,अभिनय, व्यक्तित्वकलालगायत आफूमा भएका प्रतिभा प्रस्तुत गरेका थिए।

ट्यालेण्ट राउण्डका निर्णयकमा निर्देशक रमेश कोइराला,हेयर एण्ड शान्ति व्युटिपार्लरको सिइयो निकिता श्रेष्ठ,छमछमीका कोरियोग्राफर दिपेन्द्र शाही ठकुरी, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ र गायिका मेचु धिमाल रहनुभएको थियो।

मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्याले बताउनुभयो।प्रतियोगिताको अन्तिमस्पर्धा राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ।

बाजेको सेकुवा स्पोन्सर रहेको प्रतियोगिताको कोओडिनेटर नितु श्रेष्ठ हुनुहुन्छ।विवाह अघि र विवाह पछि पनि करियरलाई थप मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले बताउनुभयो।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने छ।त्यस क्रममा उनीहरूलाई कला,संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ।यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप,सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ।

अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहनु भएको छ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।यस्तै विजेता कोरियन ब्राडको द सीम नेपालको एम्बेसडर बन्ने छन्।त्यस्तै फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया