कोरोना विरुद्ध खोपका कट्टर विरोधी रेडियो कर्मीको कोरोनाबाट निधन
फ्लोरिडा राज्यका रूढ़िवादी रेडियो कर्मीको कोरोना संक्रमणबाट निधन भएको छ । उनि कोरोना बिरुद्ध खोपका कट्टर विरोधी थिए । उनको मृत्यु संगै एक महिनामा कोरोना बिरुद्ध खोप र मुखावरण(मास्क)का कट्टर बिरोधी उनि सहित ३ रेडियोकर्मीको ज्यान गएको छ ।
गत शनिबार ६५ बर्षको उमेरमा ३ हप्ता सम्म कोरोना संक्रमित भए पछि मृत्युसंग जुध्दै अन्तत्वगत्वा उनको मृत्यु भएको छ । मार्क बरनियर नाम गरेका उनि डब्लुएनडिबि रेडियो कार्यक्रमका संचालक थिए । उनले मानिसहरुलाई करिव ३० बर्ष सूचनाको साथै मनोरंजन गराएका थिए ।
उनि कोभिड-१९ को खोपका यती कट्टर विरोधी थिए कि अमेरिकी सरकारलाई नाजी झैँ नाटक गर्दै जनतालाई खोप लगाउन प्रोत्साहन गर्छ भनि आरोप लगाएका थिए । उनि उक्त रेडियोमा दिउसो ३ घण्टा,सप्ताहन्तमा र विशेष कार्यक्रम संचालन गर्थे ।
.
उनि भन्दा ८ दिन अगाडी टेनेसिका ६१ बर्षिय फिल भ्यालेन्टाइनको कोरोनाबाट निधन भएको थियो भने उनि पनि कोभिड-१९ बिरुद्ध खोपका कट्टर बिरोधि थिए । उनि एक महिना अस्पताल भर्ना भए पछि उनको ज्यान गएको थियो ।
त्यस्तै अर्का दक्षिण फ्लोरिडाका डिक फरेल पनि खोपका कट्टर बिरोधि थिए । उनको निधन अगस्त ६ का दिन ६५ बर्षको उमेरमा भएको थियो भने उनले आफ्ना प्रशंसकलाई खोप नलगाउनु भनेका थिए ।
बर्नियरले फ़ाइजरको खोपलाई आकस्मिक प्रयोगको लागी अनुमति दिंदा पनि खुब बिरोध गरेका थिए भनि न्युयोर्क डेली न्युजडटकमले लेखेको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया