सोमबार, माघ ३ २०७८
काठमाडौं ०२:५७
वासिङटन डिसी 16:12

बाल्टिमोरको एवरेस्ट तेक्वान्दो टोलीलाई दुई स्वर्ण र एक रजत पदक प्राप्त

इनेप्लिज २०७८ भदौ १५ गते २२:५६ मा प्रकाशित

भारतको लखनउ शहरमा गत अगस्त १४-१६ सम्म भएको प्रथम अन्तर्राष्ट्रिय अनलाईन खुला तेक्वान्दो पुम्से प्रतियोगिता एवरेस्ट तेक्वान्दो टोलीका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक प्राप्त गर्न सफल भएका छन् ।

महिला ४० बर्ष उमेर भन्दा माथिको मास्टर समूहमा मास्टर कल्पना कार्कीले भारत,हंगकंग लगायत पाँच राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ६.१ अङ्क प्राप्त गरि स्वर्ण पदक जित्न सफल भएकी छिन ।

मास्टर कल्पना कार्की अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो स्कुल संचालन गरि प्रशिक्षण दिदै आएकी छिन ।

त्यसै गरि पुरुष तर्फको ४० बर्ष उमेर भन्दा माथिको मास्टर समुहमा मास्टर राजु नगरकोटीले मलेसिया,हंगकंग लगायत अन्य ६ राष्ट्रका खेलाडीहरुलाई पछाडी पर्दै फाइनलमा भारतका खेलाडी संग झिनो अङ्कले पछि हुदै ५.७ अङ्क प्राप्त गरि रजत पदक जित्न सफल भएका छन् ।

मास्टर नगरकोटी बिगत ३ दशक देखि निरन्तर रुपमा नेपाल,मकाउ र अमेरिकामा खेलाडी,प्रशिक्षक र निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन् ।

यसै गरि सिनियर तेक्वान्दो खेलाडी रमेश कार्कीले भारत अमेरिका लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ५.९ अङ्क प्राप्त गरि स्वर्ण पदक जित्न सफल भएका छन् ।

कार्की हाल भारतीय गोर्खा सेनामा कार्यरत छन् । उनि आफ्नो सैनिक जीवनसंगै तेक्वान्दो खेल क्षेत्रलाई पनि प्राथमिकताका साथ निरन्तरता दिदै आएका छन् ।

प्रतिक्रिया