मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:१९
वासिङटन डिसी 04:34

बाइडेनले आफूलाई बचाउ गर्दै भने “अमेरिकी जीवन बचाउनको लागी परिकल्पना गरिएको हो”

ट्रम्प प्रशासनलाई तालिबानसंग सम्झौता गरेकोमा दोषी ठहराए

इनेप्लिज २०७८ भदौ १५ गते २२:०१ मा प्रकाशित

अफगानिस्तानबाट अगस्त ३१ सम्म आफ्ना सबै सेनालाई फिर्ता ल्याउने प्रतिबद्धता जाहेर गरेका राष्ट्रपति जो बाइडेनले आफूलाई बचाउ गर्दै “अमेरिकी जीवन बचाउनको लागी परिकल्पना गरिएको हो” भने ।

राष्ट्रपति बाइडेनले अगस्त ३१ ,मंगलबारका दिन राष्ट्रका नाममा सम्बोधन गर्दै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने कुरामा समय सीमा सम्बन्धि आफूलाई अझ कडा रुपमा रक्षा गरेका छन् ।

उनले मन्तव्यकै क्रममा भने, “मलाई स्पष्ट हुन दिनुहोस्, अगस्त ३१ लाई छोड्नु मनमानी समय सीमाको कारण होईन। यो अमेरिकी जीवन बचाउनको लागी डिजाइन (परिकल्पना )गरिएको हो,” । उनको अफगानिस्तानबाट आफ्नो छोड्ने निर्णय सम्बन्धी उठेका अनगिन्ती प्रश्न र आलोचनालाई कडा जबाफ दिएका छन् भनि एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

अमेरिकी सेनाले शीघ्र र खतरनाक निकासी सञ्चालन गरेकोमा “अभूतपूर्व सफलता” को प्रशंसा गरे । उनले अफगान सेना र अफगान सरकार दुबैलाई यति चाँडै ध्वस्त भएको र ट्रम्प प्रशासनलाई तालिबानसंग सम्झौता गरेकोमा दोषी ठहराए।

उनले मे १ ,२०२१ सम्म पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मैदानमा रहेका अमेरिकी सेनालाई फिर्ता गर्ने भनेको सम्झौताको चर्चा गरे ।

उनि मन्तव्यको क्रममा अलिक क्रोधित सहितको आवाजमा भने यो अमेरिकी जनतासँग फेरी ईमानदार हुने समय हो । अफगानिस्तानमा अझ बस्ने कुनै स्पष्ट उद्देश्य नभएको उनले स्मरण गराए ।

अफगानिस्तानमा २० वर्ष सम्मको युद्ध पछि फेरि अमेरिकी छोरा र छोरीहरू अर्थात् अर्को पुस्तालाई युद्ध लड्न पठाउन म अस्वीकार गर्छु भने । उनले थप्दै भने यो युद्ध धेरै पहिले समाप्त हुनु पर्थ्यो ।

प्रतिक्रिया