शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:२१
वासिङटन डिसी 08:36

अमेरिकामा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट १ लाख ५८ हजार संक्रमित,१,३४८ जनाको मृत्यु

इनेप्लिज २०७८ भदौ १५ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ५८ हजार ९ सय ४६ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट १ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।

गत सोमबार अगस्त ३० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा दैनिक १२ प्रतिशत संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ३९ हजार ८१ जनाको निधन भएको छ भने दुई हप्तामा ९१ प्रतिशतले मृत्यु दर बढेको छ ।

अगस्त ३० का दिन सम्म १ लाख ६ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा २२ प्रतिशतले वृद्धि भएको छ । गत अगस्त ३० का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ९१ लाख ५६ हजार ३ सय ७९ पुगेको छ ।

अमेरिकामा गत सोमबार १५ लाख २२ हजार ५ सय ७० जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५२.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६१.७ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७४.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६३.४ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ९ लाख ४४ हजार ४ सय ६५ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९१.९ प्रतिशत र पूर्ण खोप ८१.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको कूल जनसंख्या ३३ करोड २६ लाख रहेको छ भने अमेरिकामा हाल सम्म ४४ करोड २६ लाख ९ सय ४५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया