शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:५०
वासिङटन डिसी 14:05

लुजियानामा आएको आइडा नामक समुन्द्री आँधीबाट मृत्यु हुनेको संख्या दुई पुग्यो ,१९१ जनाको उद्धार

इनेप्लिज २०७८ भदौ १४ गते २३:२८ मा प्रकाशित

लुजियानामा आएको आइडा नामक समुन्द्री आँधीबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । एबिसीन्यूजले दिएको ताजा जानकारी अनुसार हाल सम्म १ सय ९१ जनाको मानिस तथा २७ वटा जनावरहरूको उद्धार गरिएको छ ।

लुजियाना स्वास्थ्य विभागले सोमवार दोस्रो व्यक्तिको निधन भएको घोषणा गरेको छ । स्वास्थ्य विभागका अनुसार अज्ञात व्यक्तिले चलाएको सवारी साधन बाढीमा डुबेको थियो । न्यूओर्लियन्सको अन्तर राज्य राजमार्ग १० मा उक्त घटना घटेको छ ।

लुजीयाना गभर्नर जोन बेल एडवार्डले सोमवार साँझ इडाबाट भएका क्षति बारेमा जानकारी दिएका थिए । उनले राज्य अझै खोज र उद्धारमा लागि रहेको बताउँदै मुसलधारे वर्षा र तेज हावा हुरीले राज्यलाई प्रभावित परेको बताए ।

न्यू ओर्लन्सका नगर प्रमुखले प्रहरीको ९११ सेवा पुन चालू गरिएको बताएका छन् ।

सोमबार बिहान अगस्त ३० का दिनसम्म १० लाख ग्राहकहरूका घरमा बिद्युत बिच्छेद भएको थियो भने सडक अवरुद्ध भएका छन् भने रुख ढलेका छन् । त्यस्तै गरि बिजुलीका खम्बा खसेका छन् भने घरका छाना उडाएका छन् ।

जताततै समुद्री छाल उर्लिएर सडक र घरमा पसेको छ । बिहान ५:३० सम्म १० लाख १७ हजार ५ सय घरमा बत्ती गएको छ भने मिसीसिपिमा पनि १ लाख ३ हजार घरमा बत्ति गएको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया