सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:३०
वासिङटन डिसी 18:45

सबै अमेरिकी सेनाले अफगानिस्तान छोडे

इनेप्लिज २०७८ भदौ १४ गते २२:३१ मा प्रकाशित

दूई दशक सम्म अफगानिस्तानको बसाई पछि सबै अमेरिकी सेनाहरुले अफगानिस्तान छोडेका छन् । अर्थात् अगस्त ३१ का दिन सम्म राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी सेनालाई स्वदेश ल्याउने भनि गरेको प्रतिबद्धता शत प्रतिशत लागू भएको छ । उनले बोलेको र उनको अडानको पालना भएको छ ।

पेन्टागनका अनुसार सबै भन्दा पछि अमेरिकी सेनाको हवाईजहाजले अफगानिस्तान छोडेको छ । अन्तिम समयमा काबुलबाट अमेरिकी बिमान उडेको जानकारी अमेरिकी केन्द्रिय नेतृत्व गरि रहेका फ्रान्क म्याकेंजीले सोमबार घोषणा गरे ।

“म यहाँ अफगानिस्तानबाट हाम्रो फिर्ताको समापन, र अमेरिकी नागरिकहरू, तेस्रो देशका नागरिकहरू, र असुरक्षित अफगानी नागरिकहरूलाई निकाल्ने सैन्य लक्ष्यको अन्त्य घोषणा गर्न आएको छु,” म्याकेन्जीले पत्रकारहरुलाई भने।

“अन्तिम समयमा सी -१७ नामक विमान अगस्त ३० का दिन हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जानकारी दिएको समाचार सिएनएनले लेखेको छ । आज दिउँसो अमेरिकी पूर्वीय समयमा ३ :२९ मा अन्तिम मानव जहाज उडेको र अब अफगानिस्तान माथिको हवाई क्षेत्र खाली गरेको बताए ।

२० बर्षको अवधिमा अमेरिकाको २ खर्ब डलर खर्च खर्च भएको छ भने मैदानमा करिव २ हजार सेनाहरु मारिएका छन् । अगस्त ३१ सम्म सबैलाई अफगानिस्तानबाट बाहिर ल्याउने क्रममा गत बिहिबार आइएसआइएस-केको आत्मघाती बमबाट १३ जना अमेरिकी सेनाको मृत्यु भएको थियो ।

अमेरिकाले आइएसआइएस-के बिरुद्ध हवाई आक्रमण दुई पटक गरेको थियो ।

 

प्रतिक्रिया