शिक्षा सदनमा खेलकुद

बिष्णु न्यौपाने २०७८ भदौ १४ गते २१:५७ मा प्रकाशित

बिष्णु न्यौपाने,अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगि समाज (एएनएचएस) द्वारा सञ्चालित नेपाली पाठशाला अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकाडेमी) शिक्षा सदनमा अध्ययरत बालबालिकाहरुलाई हौसला प्रदान गर्नको लागि हरेक तीन÷तीन महिनामा विभिन्न अतिरिक्त कृयाकलापहरु गर्दै आएको छ।सोही शिलशिलामा यस पटक अगष्ट २९,२०२१ आइतबारको दिन विद्यार्थीहरुलाई अवलोकन भ्रमण सहित विभिन्न खेलकुदका साथै वनभोजको समेत आयोजना गर्यो।

मनासस शहरको ऐतिहासिक स्थल नेशनल बेटलफिल्ड पार्कको वनभोज स्थलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक÷शिक्षिका,अभिभावक एवं संस्थाका जिम्मेवार पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो।बिहान ९ बजेदेखि शुरु भएको कार्यक्रममा म्याथमेटिकल दौड,म्युजिकल दौड,मेमोरी गेम लगायत खेलकुदहरु भएका थिए।ती खेलहरुको संयोजन क्रमशः भुपाल पौडेल,जानु ओझा र तनुजा पोख्रेलले गर्नुभएको थियो।सबै खेलहरुमा बालबच्चाहरुले उत्सापूर्वक सहभागिता जनाएका थिए।

 

प्रतियागितात्मक रुपमा सञ्चालन गरिएका खेलकुदहरु मध्ये मेमोरी गेममा कञ्चन दाहाल,चाहत तिम्सिना र अक्षत ढुँगाना क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।त्यस्तै म्याथमेटिकल दौडमा आरभ वस्याल,अक्षत ढुँगाना र ऋदम ढकाल क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए।म्याथमेटिकल दौड जुनियरमा आरभ वाग्ले,गौरभ गौतम र खेमन थापा क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए।त्यसैगरि म्युजिकल चियरमा अनुष्का पौडेल,आयुष्मा के.सी. र इर्शिता श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गएिको थियो।

 

प्रतिक्रिया