तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

इनेप्लिज २०७८ भदौ १४ गते २१:३६ मा प्रकाशित

नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन्।विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन्।सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रीलीज गरीएको छ।शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन्।गीतलाई प्रसिद्ध मौलिक गायीका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन्।गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन्।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए
स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
वरिलै खुलेर गाउँ सहर …..

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन्।गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ।भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन्।भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन्।भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ।

प्रतिक्रिया