आइतबार, माघ ९ २०७८
काठमाडौं ०५:४२
वासिङटन डिसी 18:57

अमेरिकाद्वारा काबुल विमानस्थलमा ५ वटा रकेट प्रहार ,आईएसआईएस-के को गाडी ध्वस्त

इनेप्लिज २०७८ भदौ १४ गते ११:०० मा प्रकाशित

अमेरिकाले काबुल स्थित हमिद कर्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट प्रहार गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार अगस्त ३० सोमबारका दिन त्यहाँको स्थानीय समयमा रकेट हानेको जनाएका छन ।

अमेरिकाले अगस्त ३१ सम्म आफ्ना सेना फिर्ता ल्याउने अन्तिम समय सम्म आईएसआईएस-केले विमानस्थललाई लक्षित गर्दै निरन्तर आक्रमणको प्रयास गरि रहेका छन् ।

गत बिहिबार भएको आत्मघाती बम बिस्फोटमा परि १३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

सि-र्याम रक्षा पद्धति रकेटको जडान गरिएको छ भने हालसम्म यस समयमा कुनै हताहत भएको खबर नभएको जानकारी गराएका छन् ।

सि -र्याम एक स्वचालित प्रणाली हो जसले हुन् सक्ने सम्भावित आक्रमण रगर्न आउनेहरुलाई आफै पत्ता लगाउँछ । उक्त यन्त्रले स्वचालित यन्त्र को उपयोग गर्नु अघि यो आफ्नो लक्ष्य लाई मार हान्न हि सक्छ। यो प्रणाली इराक र अफगानिस्तानमा अवरुद्ध र अमेरिकी सेनालाई लक्षित आगमन प्रक्षेप्यास्त्र नष्ट गर्नको लागी प्रयोग गरीएको छ।

अमेरिकी अधिकारीले विमानस्थललाई लक्षित गर्दै रकेटहरू आईएसआईएस-के द्वारा प्रक्षेपण गरिएको थियो । रकेट हमलामा एउटा नागरिकहरुको गाडीलाई जेनतेन बनाएर मंचको रूपमा प्रयोग गरिएको थियो।

सीएनएनले प्राप्त गरेको श्रब्यदृश्य(भिडियो) मा रकेट प्रहार भएपछि काबुलको खैर खाना इलाकामा सडकमा आगो लागेको देखिएको छ।

कार ध्वस्त भएको छ । सबै झ्यालहरुबाट गिलास फुटेका छन् भने पाङ्ग्राहरु जलेर पग्लिएका छन् ।

प्रतिक्रिया