मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:२२
वासिङटन डिसी 03:37

कोरोनाको लक्षण देखिदा पनि जाँच गर्न नगएका र अस्पताल पनि जान नमानेका टेक्ससका एक व्यक्तिको कोरोनाबाट मृत्यु

कोरोनाका सावधानी उपाय अपनाउन बिरोध गर्ने तथा कट्टर आलोचक टेक्ससका एक व्यक्तिको कोरोनाबाट मृत्यु

इनेप्लिज २०७८ भदौ १४ गते १:२३ मा प्रकाशित

कोरोना भाइरसका सावधानी उपाय अपनाउन बिरोध गर्ने तथा कोरोनाका कट्टर विरोधी ,आलोचक टेक्ससका एक व्यक्तिको कोभिड संक्रमितबाट मृत्यु भएको छ ।

उनले कोरोना सम्बन्धि कुनै पनि कुराहरुलाई विश्वास गरेनन ,अन्ततगत्वा कोरोना भाइरसबाट संक्रमित भै ज्यान गुमाएका छन् । उनि सदैव कोरोना भाइरसको खिल्ली उडाउथे । केही सुन्दैन थिए । उनि कोरोनाबाट संक्रमित भै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको एक महिनामा उनको मृत्यु भएको छ ।

उनि मास्क(मुखावरण)लगाउन पनि बिरोध गर्थे । ३० बर्षिय केलब वालेस नामक उक्त व्यक्तिको गत शनिबार अगस्त २८ का दिन मृत्यु भएको छ । उनको निधन भए पछि उनकी पत्नीले गोफन्डमी खाता खोलेकी छिन । उनका ३ जना बच्चाहरु रहेका छन् भने पत्नी गर्भवती छिन ।

मृतकका पत्नी जेसिका वालेसले शान्तिपूर्वक उनको निधन भएको जानकारी दिएकी छिन । टेक्ससको सान एञ्जेलोका निवासी मृतक केलबले जुलाई ४ मा आयोजीत स्वतन्त्र जुलुसमा सहयोग गरेका थिए । उनले मुखावरण लगाउने र व्यवसाय बन्द गरेकोमा खिसी गरेका थिए ।

उनले उक्त कार्यक्रमको विपक्षमा जुलुस समेत निकालेका थिए भनि एबिसीन्युजले समाचार लेखेको छ । उनले यो समयमा अमेरिकाको यो अवस्थामा हामीहरु वास्तबमै खुशी छैनौ भनेका थिए ।

यति कट्टर थिए की उनले एक विद्यालयलाई पत्र लेखी विद्यालयले जारी गरेको निर्देशन फिर्ता लिन दबाव दिएका थिए । जव उनलाई कोरोनाको लक्षण देखा पर्यो उनले जाँच गराउन पनि अस्वीकार गरे । अस्पताल जान पनि मानेनन् ।

त्यसको बदलामा भिटामिन सि,जिङ्क,आस्पिरिन अन्य प्रकारका ओखति स्वयम् किनेर खाएका थिए । उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरिएको थियो भने अगस्त ८ देखि उनि बेहोस र वायु प्रवाहक(भेन्टीलेटर)मा थिए । उनको मृत्यु हुनु एक दिन अगाडी उनकी पत्नीले गोफन्डमि खातामा मेरो पती कच्चा(दोषयुक्त )मानिस हो तर उसले आफ्नो परिवार र सानो छोरीलाई धेरै माया गर्थे भनि लेखेकी छिन ।

पत्नीले उनको मृत्युको कामना गर्नेहरुको लागी म क्षमाप्रार्थी छु ,उनको विचार र दृष्टिकोणले तपाईहरुलाई लाई चोट पुर्‍यायो भनि लेखेकी छिन ।

प्रतिक्रिया