काठमाडौं भाद्र १२,२०७८-गत वर्ष कोरोना महामारीका कारण निधन भएका अमेरिकाको न्युयोर्कका स्रष्टा महेश अमात्यको नविनतम गीत–कविताससङ्ग्रह बनफूलको २०७८ साल भाद्र १२ गते भर्चुअल (जूम) मार्फत सार्वनजिकीकरण तथा कृतिमाथि अन्तरक्रिया गरियो।समाकालीन साहित्य प्रतिष्ठान,बेलायतका अध्यक्ष कृष्ण बजगाईंको समापतित्व र स्व.महेश अमात्यकी ममतामयी माता मथुरादेवी अमात्य प्रमुख अतिथि हुनुभएको सो कार्यक्रममा साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराइ,डा.कुमारप्रसाद कोइराला,अशेष मल्ल,प्रमोद प्रधान,भारती गौतम विशिष्ट अतिथि तथा डा. लेखप्रसाद निरौला,दीपककृष्ण श्रेष्ठ,धीरकुमार श्रेष्ठ र दिव्य गिरी अतिथिका रुपमा उपस्थित थिए।साहित्यकार धीरकुमार श्रेष्ठद्रारा सम्पादित तथा समकालीन साहित्य प्रतिष्ठान, बेलायतको २१ औं प्रकाशन रहेको महेश अमात्यका गीत,कविता,लघुकथा र मुक्तकहरूको सङ्ग्रह बनफुल (गीत–कविता सङ्ग्रह) लाई प्रमुख अतिथि मथुरादेवी अमात्यले सार्वजनिक गर्नुभएको थियो।
सार्वजनिकीकरण गरिएको बनफुल कृतिमाथिको अन्तरक्रिया कार्यक्रममा विभिन्न समालोचक तथा साहित्यकारले स्व.महेश अमात्यको गीत तथा कविताबारे आआफ्ना मन्तव्य प्रकट गरेका थिए । त्यसरी मन्तव्य व्यक्त गर्नेहरूमा डा. लेखप्रसाद निरौला, सङ्गीतकार डा.दीपककृष्ण श्रेष्ठ,साहित्यकार भारती गौतम, नाट्यनिर्देशक एवम् सर्वनामका संस्थापक कवि अशेष मल्ल तथा बनपूmका सम्पादक धीरकुमार श्रेष्ठ, प्रमोद प्रधान, दीपेश अमात्य र दिव्य गिरी थिए । उहाँहरुले गीतकार एवम् कवि महेश अमात्यका गीत, कविता तथा लघुकथा आदिका विषयमा धारणाहरु प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा महेश अमात्यका सङ्गीतबद्ध गरिएका गीतहरु गाउँलाई ढाक्यो बस्तीलाई ढाक्यो….. र …कर्मभूमि स्वर्ग हो… बोलको गीतको रेकर्ड सुनाइएको थियो भने लक्ष्मीकृष्ण श्रेष्ठले कुक्कु कुक्कु मेरी मायालु.. बोलको गीतलाई कार्यक्रममा नै सङ्गीतसहित गाउनुभएको थियो ।
कार्र्यक्रमका सभापतिको आसनबाट मन्तव्य व्यक्त गर्दै समकालीन प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले महेश अमात्यका बारेमा भन्नुभयो – स्व. महेश अमात्यका बारेमा आफूले धरानमा हुँदै थाहा पाएको र पछि आफू रेडियो नेपालमा जागिर भएपछि रेडियो नेपालका गायक अमात्यलाई अझ बुझ्ने अवसर पाएको विचार व्यक्त गर्दै स्व. महेश अमात्यलाई कृति मार्फत जीवन्त राख्नकै निम्ति उनको रचनाहरू समेटेर कृति प्रकाशन गरेको व्यहोरा व्यक्त गर्नुभयो।
स्व. महेश अमात्यकी दिदी शारदा कायस्थले महेश एउटा रसिक स्वभाव र हँसिलो प्रकृतिका थिए भन्नुहुँदै उहाँका अन्य रचनाहरू प्राप्त भएमा दोस्रो संस्करणमा थपेर प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा स्व. महेश अमात्यकी पत्नी शारदालक्ष्मी अमात्यले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा अनलाइन अर्थात भर्चुअलमार्पmल जोडिएर महेश अमात्यको कृतिमाथि अन्तरक्रियामा सहभागि हुने लेखक साहित्यकार, अध्यक्ष, प्रमुखअतिथि, अतिथिलगायत सबैलाई धन्यवाद दिनुभयो । उहाँले धनकुटाका साथीहरूले महेश अमात्यको बारेमा धेरै महत्वपूर्ण विचारहरू व्यक्त गर्नुभएकोमा उहाँहरूलाई पनि धन्यवाद दिनुभयो । यसका साथै देश तथा विदेशमा रहेका नेपालीहरू विशेष गरेर महेश र उनका परिवारसँग चीरपरिचित सबैलाई यस कार्यक्रममा सहभागि भएको विशेष धन्यवाद दिनुभयो ।
कृति सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई साहित्यकार एवम् प्राध्यापक नेत्र न्यौपानेले सञ्चालन गर्नुभएको थियो।उहाँले विद्या, व्यवहार र चित्र शिर्षकको कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा नेपाल लगायत, अमेरिका,बेलायतमा बसोबास गर्ने नेपालीहरूको पनि उपस्थिति थियो।यस कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई,प्रा. डा. कुमारप्रसाद कोइराला,प्रा.डा.कपिल लामिछाने प्रा.डा.भूपप्रसाद धमला,डा.छत्र अमात्य,भारती गौतम,अशेष मल्ल,प्रमोद प्रधान,श्री तथा श्रीमती धीरकुमार श्रेष्ठ, दिव्य गिरी,दीपककृष्ण श्रेष्ठ,लक्ष्मीकृष्ण श्रेष्ठ,डा.विदुर चालिसे,शारदा कायस्थ,डा.पुष्करराज भट्ट,गङ्गा कर्माचार्य,रवीन्द्र श्रेष्ठ,शुस्मिता दाहाल,ओशनकुमार,रचना शर्मा,डा.फणिन्द्रराज निरौला,दीलिपकुमार प्रधान,रञ्जना महर्जन,मुकुल कायस्थ,राममान अमात्य,सुविद गुरागाईं,ओम दाहाल,भुधरा उपाध्याय,उमा दाहाल,प्रेम ओझा,ध्रुब मधिकर्मी,उत्सर्ग ढकाल कमला दाहाल,भीमप्रसाद गुरागाईं,रवीन्द्र मानन्धर,आशिमा तामाङ्ग,तुलसी,टेकेन्द्रराज चेम्जोङ,नरेन्द्र तामाङ,सुधीर श्रेष्ठ,सुमी लोहनी,रमेश अमात्य,पार्वती अमात्य,ज्ञानलक्ष्मी,सुनिता योउङ्ग,ओम दाहाल,राममान अमात्य,दिवा श्रेष्ठ,विजेश अमात्य,दिवाकर काफ्ले पशुपति पराजुली ‘सालघारी’ आदि गरी जम्माजम्मी ५३ जनाको सहभागिता थियो।
प्रतिक्रिया