सोमबार, साउन ३० २०७९
काठमाडौं १५:३०
वासिङटन डिसी 05:45

अमेरिकाले काबुलमा प्रतिरक्षा स्वरूप संदिग्ध आइएसआइएस-के माथि पुन हवाई आक्रमण

इनेप्लिज २०७८ भदौ १३ गते १५:३५ मा प्रकाशित

अमेरिकाले काबुलमा प्रतिरक्षा स्वरूप संदिग्ध आइएसआइएस-के माथि पुन हवाई आक्रमण गरेको छ । अगस्त ३१ सम्म आफ्ना सेना पुरै फिर्ता गर्न अहोरात्र काम गरि रहेको समयमा पुन आत्मघाती बम प्रयोग गर्ने प्रयास गरेकोमा हवाई आक्रमण गर्नु परेको अमेरिकी रक्षा विभागका अधिकारीले जनाएका छन् ।

आइएसआइएस-के ले विमानस्थललाई लक्षित गर्दै आक्रमण गर्ने हुँदा अत्यधिक विस्फोटक पदार्थहरू बिस्फोट भएको छ । गत शुक्रबार आक्रमण गरे झैँ यस पटक पनि मानवरहित यानले आक्रमण गरेको हो ।

तर यस पटक सवारी साधन माथि आक्रमण गरिएको सीईएनटिसीओएमका प्रवक्ता कप्तान बिल अर्बानले बताए । हामीलाई विश्वास छ हामीले सही स्थानमा सफलतापूर्वक हानेका छौ ,उनले भने । अहिले हामी नागरिकहरूको सुरक्षा सम्बन्धी जाँच गरि रहेको उनले जनाए ।

र ,भविष्यमा पनि त्यस्ता आक्रमण सम्बन्धी चनाखो भै रहने बताएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया