आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:०१
वासिङटन डिसी 21:16

अमेरिकाको लुजियाना क्षेत्रमा १८५० पछिको खतरनाक समुन्द्री आँधी आउदै

जमिनबाट १५ फिट भन्दा माथि छाल आउने

इनेप्लिज २०७८ भदौ १३ गते ११:३१ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्य लगायत क्षेत्रमा आइडा नामक खतरनाक समुन्द्री आँधी वर्ग ४(क्याटेगोरी) मा आउने भएको छ । अगस्त २९ आइतबारका दिन बिहानै उक्त क्षेत्रको जमिनमा आई पुग्ने छ भने आँधी तुफानको गति १४५ माइल्स प्रति घण्टा हुने राष्ट्रिय आँधी बेरी केन्द्र (एनएचसी)ले जनाएको छ ।

मौषम विभागका अनुसार आइडा नामक डरलाग्दो आँधी सन् १८५० मा आए पछि यस पटक आउने भएको छ । करिव २० इन्च जती वर्षा हुने तथा आंधीले गर्दा १५ फिट सम्म माथि पानी ल्याउने अनुमान गरिएको छ ।

एनएचसीले बिहान ६ बजे अमेरिकी केन्द्रीय समय अनुसार मिसिसिपी नदीको मुखको दक्षिणमा आँधी ६५ माइल्स प्रति घण्टा रहेको जानकारी गराएको छ । साथै उक्त समुन्द्री आँधी लुजियानाको उत्तरपश्चिममा र खाडी समुन्द्रतटमा १५ माइल्स प्रति घण्टामा रहेको जनाएको छ ।

गत शुक्रबार आइडा समुन्द्री आँधीले क्युबामा आएको थियो भने यो अत्यधिक खतरा र मुख्य समुन्द्री आंधी भएकोले लुजियानामा आइतबार दिउसो सम्म जमिनमा आउने छ ।

यो आंधी डरलाग्दो र खतरा भएकोले लुजियाना ,मिसिसिपी तथा आलाबामामा निकै प्रभाव पार्ने छ । आइडा तुफानको कारण हजारौं मानिसहरू सुरक्षित स्थानमा लागेका छन् भने लुजियाना लगायत न्यू ओरलियन्स विमानस्थलमा २१७ वटा हवाईजहाजहरु रद्ध गरिएका छन् । विमानस्थलले अर्को सूचना जारी नगरे सम्म हवाई जहाज अवतरण नगर्न चेतावनी दिएको छ ।

डेल्टा,अमेरिकन र युनाइटेड हवाईजहाजहरुले जुजियानाको ब्याटोन रग मेट्रो विमानस्थलबाट यात्राहरु रद्ध गर्न थालेका छन् भने तर बिहानै केही उडानहरु संचालन गरेका छन् ।

तर १० बजे बिहान पछि सबै उडानहरु रद्ध गरिएका छन् । न्यू ओरलियन्सका नगर प्रमुखले स्वइच्छाले घर छोड्न आग्रह समेत गरेका छन् । बत्ति जाने र अन्य क्षतिको लागी लुजियानाका राष्ट्रिय सुरक्षाकर्मी तथा करिब १० हजार भन्दा ज्यादा कर्मचारी सेवाको लागी तैनाथ गरिएको संचार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया