डिसीमा तीन ठाउँमा गोली चल्दा १ महिला तथा २ जना पुरुषको मृत्यु,कैयौ घाइते
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गत शुक्रबार ३ ठाउँमा भएको गोली काण्डमा ३ जनाको मृत्यु भएको छ भने कैयौँ जना घाइते भएको प्रहरीले जनाएका छन् । ३ जना मध्ये १ जना महिला तथा अन्य दुई जना पुरुषको गोली लागि निधन भएको छ ।
गत शुक्रबार अगस्त २७ का दिन राती एकै दिनमा उक्त गोली काण्ड भएको हो । डिसी प्रहरीका अनुसार गत शुक्रबार करिब १० बजे डिसीको दक्षिणपूर्वमा गोली चल्दा एक महिलाको मृत्यु भएको बताएका छन् ।
त्यसको एक घण्टा पछि फेरी ११ बजे तिर दक्षिण पूर्व स्थित मिनेसोटा एभेन्यु (मार्ग) को १४०० भवन समूह छेउमा ३ जना मानिसहरूलाई गोली हानिएकोमा एक जनाको चोटपटकको कारण निधन भएको छ ।
फेरी एक घण्टा पछि उत्तरपूर्वको क्वार्ल्स गल्लीमा एक जना मानिसलाई घाइते अवस्थामा पाइएको थियो । करिब २ बजे बिहान उत्तर पश्चिम डिसीमा दुई जना पुरुष तथा एक जना महिला घाइते अवस्थामा प्रहरीले फेला पारेका थिए । दुई पुरुष मध्ये एक पुरुषको घाइते भएको कारण निधन भएको छ ।
त्यसैगरी डिसीको उत्तर पूर्वमा दुई जनालाई छुरा प्रहार गरिएको छ भने अन्य विस्तृत जानकारी प्रहरीले डब्लुटिओपिलाई उपलब्ध गराउने भएको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया