अमेरिकाका १४ राज्यहरुमा गत हप्ता कोरोनाबाट मृत्यु हुने दरमा ५० प्रतिशत वृद्धि, अलाबामा शवहरु राख्ने ठाउँ नै छैन
अमेरिकाको ४२ वटा राज्यहरुमा गत हप्ता कोरोनाभाइरसबाट मृत्यु दर निकै बढेको जोन्स हप्किन्स बिश्वबिद्यालयको नयाँ तथ्याँकले देखाएको छ । डेल्टा प्रजातिको कोरोना भाइरसको वृद्धि व्यापक हुने थालेको पाइएको छ ।
जोन्स हप्किन्सको गत शुक्रबारको तथ्यांक अनुसार अमेरिकाका १४ राज्यहरुमा गत हप्ता कोरोनाबाट मृत्यु हुने दरमा ५० प्रतिशत वृद्धि भएको छ । यसैगरी अलाबामा शवहरु राख्ने ठाउँ नै छैन भनि अलाबामा स्वास्थ्य अधिकारीले बताएका छन् ।
अन्य २८ वटा राज्यहरुमा पनि कम्तिमा १० प्रतिशत कोरोनाभाइरसको वृद्धि भएको सिएनएनले उल्लेख गरेको छ । अलाबामाका राज्यका स्वास्थ्य अधिकारी डा स्कट ह्यारिसले गत शुक्रबार अलाबामा सबैभन्दा धेरै प्रभावित राज्यहरू मध्ये एक हो भने । उनले अस्पताल भर्ना संख्या निकै उच्च भएको बताए । मृत्यु दर आकासिदै गएकोले शवहरुलाई व्यवस्थापन गर्न स्वास्थ्य अधिकारीहरुलाई शव गृहमा घुम्ती ठेलागाडी (मोबाइल ट्रेलर)प्रयोग गर्नु परेको जनाए ।
उनले यहाँ पर्याप्त मानिसहरु मरिरहेका छन् । शवहरु राख्नको लागी कुनै ठाउँ छैन । “हामी साँच्चै एक संकटको स्थितिमा छौं। … मलाई थाहा छैन अब हामी यो गर्नको लागी हामी कति समय सम्म सक्षम हुन्छौ ।” उनले थपे ।
अलबामामा गत बिहीबार कोभिड-१९ बाट ५० जनाको मृत्यु भएको जनाएको थियो भने विगत २ देखि ३ हप्तामा “मृत्यु हुनेको संख्यामा दोब्बर अंक” देखिएको ह्यारिसले भने।
गत हप्ता अलाबामामा कम्तीमा ५,५७१ जना बच्चाहरु कोभिडबाट संक्रमित भएका छन् । बच्चाहरू कसरी कोरोना भाइरस संक्रमित भए भन्ने बारेमा हामीलाई थाहा नभएको बताए ।
ह्यारिसले भने अलाबामा राज्यमा हाल २३% कोभिड सक्रमित दर छ ,जुन देशमा सबैभन्दा उच्च भएको उनले स्वीकारे ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया