सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:११
वासिङटन डिसी 18:26

लस भेगासका एक मानिसलाई कोरोना बिरुद्ध खोप लगाउदा १० लाख डलरको पुरस्कार प्राप्त

इनेप्लिज २०७८ भदौ १२ गते २१:२४ मा प्रकाशित

अमेरिकाको नेभादा राज्यका लस भेगास निवासीले कोरोना बिरुद्ध खोप लगाउदा १० लाख डलरको पुरस्कार प्राप्त गरेका छन् । राज्यले कोरोना बिरुद्ध खोप जति सक्दो ज्यादा मानिसहरुले खोप लगाउन र प्रोत्साहन गर्न आयोजना गरिएको चिट्ठा कार्यक्रममा १ मिलियन अर्थात् १० लाख डलर हात पारेका छन् ।

उनले गत बिहिबार अगस्त २६ का दिन ८ हप्ते कोरोना भाइरस खोप ज्याकपट नामक कार्यक्रम अन्तर्गत पुरस्कार जितेका हुन् ।

नेभादाका गभर्नर स्टेभी सिसोलकले सबैले खोप लगाउन र खोप नलगाएकाहरु उत्साहित हुन् भन्ने हेतुले चिट्ठा निर्माण गरेका थिए । गत जुनको मध्य देखि संचालित भएको उक्त चिट्ठाको अन्त्य गत अगस्त २६ का दिन समापन भएको थियो भने उक्त अवधि भित्र खोप लगाउनेको संख्या १० प्रतिशत वृद्धि भएको थियो ।

गभर्नर सिसोलकले उक्त कार्यक्रममा हाल करिव १०० प्रतिशत मानिस खोप नलगाएकाहरु अस्पताल भर्ना भएको बताए । उनले खोप लगाएमा त्यस्तो गम्भीर बिरामीबाट बचिने संदेश दिए ।

गत जुन १७ का दिन उक्त चिट्ठा कार्यक्रम प्रारम्भ संघीय कोरोनाभाइरस उद्धार कोषबाट खोप नलगाएकालाई लक्षित गर्दै ल्याइएको थियो । नेभादामा हाल ३१ लाख जन संख्या रहेको छ भने १२ बर्ष माथिकाले गत जुन १७ सम्म करिव १४ लाखले कम्तिमा १ खोप लगाई सकेका थिए ।

गत बिहीवार सम्म कम्तीमा पनि एक खोप खुराक लगाउनेको संख्या ६१ प्रतिशत पुगेको छ भने पूर्ण खोप लगाउनेको संख्या ५१ प्रतिशत पुगेको छ ।

उक्त कार्यक्रम संचालन भए देखि करिब २ हजार जनाले पुरस्कार प्राप्त गरि सकेका छन् भने ग्रान्ड प्राइज(बृहत पुरस्कार)को बिजेताले १० लाख डलर पाएका छन् भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया