बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:०५
वासिङटन डिसी 06:20

काबुलमा पछिल्लो २४ घण्टामा ६,८०० मानिसहरू खाली गरियो

इनेप्लिज २०७८ भदौ १२ गते १३:२५ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो २४ घण्टामा ६,८०० मानिसहरू खाली गरिएको छ । अमेरिकाले अगस्त ३१ सम्म सबै सेना,कर्मचारी तथा अन्यलाई खाली गर्ने क्रममा एकै दिनमा त्यति मानिसहरूलाई काबुल बाहिर ल्याइएको व्हाइट हाउसका अधिकारीले बताएका छन् ।

गत शुक्रबार काबुलको समय बिहान ३ बजे र अमेरिकी पूर्वीय समय बिहान ३ बजे सम्म शनिवार सम्म अमेरिकी वायुसेना तथा गठबन्धनका उडानबाट बाहिर सारिएको जनाईएको छ ।

अमेरिकी वायुसेनाका जहाजबाट ३२ उडान बाट करिब ४ हजार तथा गठबन्धनको उडानबाट ३४ उडानबाट करिब २ हजार ८ सय जनालाई देश बाहिर ल्याइएको छ ।

व्हाइट हाउसकी संचार सचिव जेन साकीले पहिलेको तुलना उक्त संख्या कम्ती भएको बताइन । उक्त दिन भन्दा अगाडी करिब १२ हजार ५ सयलाई त्यहाँबाट खाली गरिएको उनले पत्रकार सम्मेलनमा बताएकी थिइन् ।

प्रतिक्रिया