बुधबार, माघ १२ २०७८
काठमाडौं २३:३६
वासिङटन डिसी 12:51

भर्जिनियाको वुडब्रिजमा अमेरिकी भकुण्डो खेल हेर्न गएका एक किशोर र एक किशोरी माथि गोली प्रहार

इनेप्लिज २०७८ भदौ १२ गते ११:५२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज शहरमा अमेरिकी फुटबल (भकुण्डो )खेल हेर्न आएका एक किशोर र एक किशोरी माथि गोली प्रहार भएको छ । उक्त घटना खेल समापन पछि भएको प्रहरीले जानकारी दिएका छन् ।

गत शुक्रबार अगस्त २७ का दिन माध्यमिक स्तरीय अमेरिकी भकुण्डो प्रतियोगिता खेल समाप्त पछि दुई जनालाई गोली हानिएको थियो । प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसार वुडब्रिजको फ्रिडम हाइ स्कुल(माध्यमिक बिद्यालय)को सवारी साधन राख्ने अडान क्षेत्र(पार्किङ्ग लट )मा गोली चलेको प्रहरीले बताए ।

गोली प्रहार १५ बर्षिय किशोरको तल्लो भाग र १४ बर्षिय किशोरीको खुट्टामा हानिएको छ । दुवैजनालाई अस्पताल भर्ना गरिएको छ भने दुवै जना खतरामुक्त रहेका छन् । गोली लागे पछि उनीहरुका अभिभावकहरुलाई खबर गरिएको छ ।

घटना हुने बित्तिकै तुरुन्तै प्रहरीहरु त्यहाँ पुगेका थिए भने बन्दुकधारीको खोजी भै रहेको प्रहरीले जनाएका छन् । गोली चलाउने व्यक्तिको पहिचान नभएको र उनको पत्ता लागि नसकेको जनाएका छन् ।

घटना पछि त्यहाँ रहेका बिधार्थी तथा आफ्ना सन्तानहरुलाई लैजान अभिभावकहरुलाई वुडब्रिजको नोभा महाबिद्यालय ( नर्दन भर्जिनिया कम्युनिटी कलेज )मा जान आग्रह गरेका थिए भनि एनबिसी वाशिंगटन डटकमले समाचारमा उल्लेख गरेको छ ।

तस्बिर : फक्सन्युज५ तथा एनबिसी वाशिंगटन

 

प्रतिक्रिया