सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०६
वासिङटन डिसी 19:21

बाइडेनले औपचारिक रुपमा २०२२ मा कर्मचारीहरुलाई संघीय तलब बृद्धि गर्ने योजनाको घोषणा

इनेप्लिज २०७८ भदौ १२ गते ११:२० मा प्रकाशित

राष्ट्रपति बाइडेनले औपचारिक रुपमा नागरिक कर्मचारीहरुलाई संघीय तलब बढाउने योजना आगामी जनवरी १, २०२२ बाट लागू हुने घोषणा गरेका छन्।

अपेक्षित रूपमा सामान्य अनुसूची अन्तर्गत अधिकांश नागरिक कर्मचारीहरुले २०२२ मा औसतमा २.७ प्रतिशत संघीय तलव वृद्धि प्राप्त गर्नेछन् । वैकल्पिक तलव योजना अनुसार राष्ट्रपतिले गत शुक्रवार दिउँसो कांग्रेस नेताहरूलाई प्रस्ताव पेश गरेका छन् भनि फेडेरलन्यूज नेटवर्क डटकमले समाचार लेखेको छ ।

विशेष गरी राष्ट्रपति बाइडेनले २०२२ मा संघीय कर्मचारीहरूको लागी २.२ प्रतिशतको तलव वृद्धिको सिफारिश गरी रहेका छन् । यसको अतिरिक्त ०.५% स्थानीय तलव समायोजनसँग २.७ प्रतिशत औसत वृद्धि हुनेछ ।

पहिलो पटक बाइडेन प्रशासनले स्थानीयमा आधारित तलव समायोजनको लागी यस्ता विशिष्ट योजनाहरू ल्याउने संकेत गरेको छ। जबकि ह्वाइट हाउसले २०२२ को बजेट अनुरोधमा नागरिक कर्मचारीहरूको लागी २.७ संघीय तलव वृद्धिको सिफारिश गरेको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को लागी २.६ संघीय तलव बृद्धि गर्ने प्रस्ताव राखेका थिए भने कंग्रेसले अन्ततः त्यो वर्ष सर्वव्यापी खर्च प्याकेज(संपुष्टि)मा ३.१% सम्म बढाएको थियो ।

प्रतिक्रिया