गीतकार ज्ञानेन्द्र गदालको “तिमी हौ आँखाको नानी” बोलको गीत सार्वजनिक
इनेप्लिज
२०७८ भदौ १२ गते १०:५७ मा प्रकाशित
अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालको “तिमी हौ आँखाको नानी” बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलद्वारा युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा अनुपमा प्रधानको स्वर रहेको छ भने पूजन लोहागनको संगीत रहेको छ।
सिक्किम निवासी पूजन र अनुपमाको सकृयतामा यो गीत भारतको दार्जिलिङ्गमा रेकर्डिङ्ग तथा छायांकन गरिएको हो। यस म्युजिक भिडियो(सङ्गीत श्रब्यदृश्य )मा रोनक बिश्वकर्मा र यशोदा तिम्सिनाले अभिनय गरेका छन्।
गीतकार गदाल लामो समयदेखि अमेरिकाको कोलोराडोमा वसोवास गरेता पनि साहित्य लेखनमा निरन्तर लागिरहेका छिन्नलता गीत पुरस्कारबाट समेत सम्मानित श्रष्टा हुन्।
उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित छन्। नयाँ गीतका लागि गीतकार, संगीतकार, गायिका लगायत सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया