शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:३७
वासिङटन डिसी 08:52

अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख ५५ हजार ३ सय ६५ जना संक्रमित,१,२६६ जनाको मृत्यु

३ करोड ७ लाख ८६ हजार ३ सय ६८ जना कोरोनामुक्त

इनेप्लिज २०७८ भदौ १२ गते १०:४३ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ५५ हजार ३ सय ६५ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट १ हजार २ सय ६६ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार अगस्त २७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा कोरोना भाइरसबाट दुई हप्तामा दैनिक २१ प्रतिशत संक्रमित वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ३६ हजार ४ सय ९१ जनाको निधन भएको छ भने दुई हप्तामा ९५ प्रतिशतले मृत्यु दर बढेको छ ।

अगस्त २७ का दिन सम्म ९८ हजार ३ सय ३७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा २८ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार बिहिबार अगस्त २७ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ८७ लाख ४५ हजार १ सय ९९ पुगेको छ ।

अमेरिकामा गत शुक्रबार १३ लाख ३४ हजार ६ सय ९२ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६१.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७३.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६३ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ७ लाख ८६ हजार ३ सय ६८ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९१.८ प्रतिशत र पूर्ण खोप ८१.५ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको कूल जनसंख्या ३३ करोड २६ लाख रहेको छ भने अमेरिकामा हाल सम्म ४३ करोड ७५ लाख ६७ हजार २ सय ८५ खुराक खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाको लुजियाना ,फ्लोरिडामा र मिसीसिपिमा संक्रमित संख्या तथा अस्पताल भर्ना हुनेको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।

 

प्रतिक्रिया