नेपाल आइडलका “चमत्कारी मान्छे” पवन गिरीको ‘म जे छु’ गीत सार्वजनिक

इनेप्लिज २०७८ भदौ १२ गते १०:३७ मा प्रकाशित

नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा बाँकी रहेका आठै प्रतिस्पर्धीहरु बिभिन्न नेपाली भेषभुसामा सजिएर लोकगीत बिशेष एपिसोडको रुपमा आयोजित एपिसोडमा सबैले निर्णायक मण्डलले सोंच्दै नसोचेको स्तरको प्रस्तुति दिएर आस्चर्यचकित नै तुल्याइदिए।

यो एपिसोडमा निर्णायक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाएका पवन गिरीको प्रस्तुतिले न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिए र “चमत्कारी मान्छे” बिशेषण पाए उन्ले न्ह्यू बज्राचार्यबाट।पबनले गाइरहँदा जयनन्द लामा अचम्म मान्दै खुशीले गदगद भएको हाउभाउ स्पस्ट देखिन्थ्यो।

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले भर्साटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जिते।उत्कृष्ट ६ बाट बाहिरिएका यिनै पवनले आफ्नै च्यानल Pawangiriofficial बाट दोश्रो गीतको रुपमा ‘म जे छु’ गीत ल्याएका छन।सो च्यानलबाट पहिलो गीतको रुपमा ‘मनको ब्यथा’ गीत सार्वजनिक गरिसकेका छन।

‘म जे छु’ पप/रक गीत सम्झना शाक्यको लेखन र पवन गिरीको आफ्नै संगीत/गायनमा रहेको छ।यो गीतको संपादन र निर्देशानमा बरुण कोइराला छन भने सिनेमाटोग्राफीमा सुजय गौतम।

पवन गिरी एक फरक र नयाँ गीत ‘मलाई एक छिन देउ’ लिएर आए पहिलो गीतको रुपमा,जुन गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको ।

प्रतिक्रिया