शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:५१
वासिङटन डिसी 03:06

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ५६ हजार संक्रमित,१,२३३ जनाको मृत्यु

दुई हप्तामा कोरोनाबाट मृत्यु हुने दर १०० प्रतिशत वृद्धि

इनेप्लिज २०७८ भदौ ११ गते १०:४७ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ५६ हजार २ सय ९६ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट १ हजार २ सय ३३ जनाको मृत्यु भएको छ ।

गत बिहिबार अगस्त २६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा कोरोना भाइरसबाट दैनिक २४ प्रतिशत संक्रमित वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ३४ हजार ७ सय ३४ जनाको निधन भएको छ भने दुई हप्तामा १०० प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ९६ हजार ५ सय ८६ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा २९ प्रतिशतले वृद्धि भएको छ ।बिहिबार अगस्त २६ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ८५ लाख ५२ हजार १ सय ८३ पुगेको छ ।

अमेरिकामा गत बिहिबार ११ लाख ५२ हजार २ सय २२ जनाले कोरोना जाँच गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६१.१ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७३.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६२.८ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ७ लाख ३२ हजार १ सय २० जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९१.७ प्रतिशत र पूर्ण खोप ८१.४ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको कूल जनसंख्या ३३ करोड २६ लाख रहेको छ भने अमेरिकामा हाल सम्म ४३ करोड ४५ लाख ८२ हजार १ सय ८५ खुराक खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाको लुजियाना ,फ्लोरिडामा र मिसीसिपिमा संक्रमित संख्या तथा अस्पताल भर्ना हुनेको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया