सुप्रसिद्ध भारतीय गायक कुमार सानु र नरहरि प्रेमीको गुनासो सार्बजनिक । (भिडियो सहित)

इनेप्लिज २०७८ भदौ ११ गते ९:५० मा प्रकाशित

प्रसिद्ध गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडिओ सार्वजनिक भएको छlलामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छlभिडिओ सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट बजारमा आएको हो।

जीबी आग्रीको निर्देशन,डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ lभिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन्lयो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छlजसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन्।

प्रतिक्रिया