आइतबार, साउन २२ २०७९
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

काबुल विमानस्थलका ढोकाहरु बन्द,करिव १ सय ५० जना अमेरिकीहरुलाई विमानस्थलमा ल्याउनु पर्ने

इनेप्लिज २०७८ भदौ १० गते ११:१६ मा प्रकाशित

अमेरिकाले अगस्त ३१ सम्म आफ्ना सेनाहरूलाई फिर्ता ल्याउने समय सकिदै गर्दा त्यहाँ अझ तनाव बढ्दै गएको छ । जति सक्दो छिटो त्यहाँबाट सेनाहरू साथै अमेरिकी नागरिकलाई बाहिर ल्याउने काम भै रहेको र जोखिम रहेको अवस्था छ ।

अफगानिस्तानमा आईएसआईएस सम्बद्ध संगठनबाट आक्रमणको “तीव्र” जोखिम भएकोले आफ्ना नागरिकलाई त्यहाँ नजान सल्लाह दिनुको साथै छिटो देश छोड्न द्रुतगतिमा ओसार पसार गरि रहेका छन् ।

पछिल्लो जानकारी अनुसार त्यहाँ कम्तीमा १ सय ५० जना अमेरिकी नागरिकहरूलाई विमानस्थलमा ल्याउनु पर्ने भएको छ । त्यहाँको स्थानीय समय बिहीवार बिहान ८ बजे सम्म विमानस्थल पुग्नु पर्ने आवश्यक रहेको सिएनएनले उल्लेख गरेको छ ।

अगस्त १४ देखि हाल सम्म ४ हजार ७ सय जना अमेरिकी नागरिकलाई उद्धार गरि सकिएको छ । गत बुधवार दिउसो अमेरिकी विदेश मन्त्रि एन्थोनी ब्लिङ्केनले करिब ५ सय अमेरिकी नागरिकको पहिचान भएको र तिनिहरूलाई विमानस्थल ल्याउनु पर्ने बताएका थिए ।

उनले अझ १ हजार अमेरिकी नागरिकलाई सहयोगको खाँचो परेको बताए । अबको ३६ घण्टा सम्म खाली गराउने समयको अन्त्य हुने भनि जनाएको छ भने अब स्थानीय दूतावासको लागी काम गर्ने अफगानी कर्मचारीहरू रहेका छन् ।

श्रोतका अनुसार अमेरिकी दूतावासमा करिब १ हजार ८ सय स्थानीय कर्मचारी छन् भने उनीहरू ३६ घण्टा भित्र विमानस्थल पुग्नु पर्नेछ । श्रोतका अनुसार करिब १ हजार ३ सय कर्मचारीलाई त्यहाँबाट विमानस्थल लगि सकिएको जनाएका छन् ।

 

प्रतिक्रिया