काठमाडौ।जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ।मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।
उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ।
उहाँका पत्नी सत्यदेवी,एक छोरा र चार छोरी रहेका छन् ।
पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले,आमा दिदी बहिनी,रातको अनिँदो,बसाइँ हिँड्नेको ताँतीले,छोराहरू हो,जुनीभरि मुटु लगायतका दर्जनौँ गीत गाउनुभएको छ।
प्रतिक्रिया