मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:२६
वासिङटन डिसी 08:41

मायामीको चमेनागृहमा खाना खादै गर्दा गोलीबाट आफ्नो १ वर्षको छोरालाई बचाउँदा बाबुको मृत्यु

इनेप्लिज २०७८ भदौ १० गते १:२६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहरको रेस्टुरेन्ट (चमेनागृह)मा खाना खादै गर्दा गोलीबाट आफ्नो १ वर्षको छोरालाई बचाउँदा बाबुको मृत्यु भएको छ । प्रहरी र परिवारका एक सदस्यका अनुसार मायामी समुन्द्रतट स्थित एक चमेनागृहमा उक्त घटना गत मंगलबार अगस्त २४ का दिन साँझ समयमा भएको जनाएका छन् ।

उक्त गोली काण्डमा २१ बर्षिय डस्टिन वेकफिल्डको निधन भएको छ । गोली हान्ने व्यक्ति जर्जियाका २२ बर्षिय टामारिअस ब्लेर भएको प्रहरीले बताएका छन् ।
डेविसले प्रहरीहरुलाई दिएको बयान अनुसार उनि ला सरभेसेरिया रेस्टुरेन्टमा ६:३० भन्दा अगाडी पुगेका थिए । अचानक उनले वेक्फिल्डमा गोली हान्ने निर्णय गरेको प्रहरीलाई बताए ।

मृतक कोलोराडोको क्यासल रकका हुन् भने उनि छुट्टी मनाउन त्यहा पुगेका थिए । त्यहाको स्थानीय संचार माध्यमसंग प्राप्त भएको श्रब्य दृश्य(भिडियो)मा उक्त बन्दुकधारीले गोली चलाई सके पछि कोलाहाल मच्ची रहेको अवस्थामा नाचेका थिए । उनले हातमा बन्दुक लिदै वेकफिल्डले आफ्नो छोरालाई बचाउदा उनको मृत्यु भएको उनका काकाले बताए ।

उक्त बन्दुकधारीले बन्दुक हल्लाउदै अब तिम्रो पालि भन्दै १ बर्षको छोरालाई बन्दुक ताकेका थिए । वेकफिल्डले उभिएर बन्दुकधारी र छोराको बीचमा बसे पछि उनलाई धेरै पटक गोली हानेका थिए ।

काकाको अनुसार उनि भवन निर्माणमा काम गर्थे । गोली हाने पछि डेविस भागेक थिए । उनलाई नजिकैको गल्लीमा पक्राउ गरिएको थियो । बन्दुकधारीका पिता टोमी डेविसका अनुसार उनको छोरा मायामी समुन्द्रतट आफ्ना साथीहरु संग गएको एपीलाई बताएका थिए । उनका अनुसार आफ्नो छोराको मानसिक स्वास्थ्य कहिले पनि समस्या नभएको र उनलाई कहिले पनि पक्राउ नगरिएको जानकारी दिएका थिए ।

डेविसलाई हत्याको अभियोग सहित मायामी डेड काउन्टी कारागारमा राखिएको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया