टुट फुट गुट र गठबन्धनको राजनीति

इनेप्लिज २०७८ भदौ १० गते १:१७ मा प्रकाशित

बिचार,सिधान्त,कार्यदिसामा अन्तरका कारण राजनितिक दलहरुमा फरक बिचार समुह निर्माण हुनु र आन्तरिक बहस हुनु बिचार पारीत हुनु नहुनु वा पार्टीनै अलग हुनु सामान्य र स्वाभाविक नै भए पनि पद प्रतिष्ठा सत्तास्वाद ,शक्तिको अंसभागमा तलमाथी,कम बेसी र धेर थोरको लोभ इर्स्या र जलन जस्ता कुराहरुको स्वार्थसमुह निर्माण गरी फुट सम्म पुग्नु भनेको राजनितिलाई बिना लगानिको ब्यवसायबाट ब्याज सहितको मुनाफा आर्जन गर्ने माध्यम बनाउनु हो।यस कार्यमा नेपालका सबै राजनितिक दलका सबै खालका अनुहारहरु अपबाद छैनन मात्रात्मक कमबेशी अलग्गै कुरा हो।यस आलेखमा नेपालका कम्युनिस्ट पार्टिहरुको नाममा दलको बिस्कुन सुकाएकाहरुको केही चर्चा गर्ने प्रयास गरिएको छ।

हिजो युद्धमा होमिएका माओवादीहरु शान्ती प्रकृया मार्फत राजनितिको मुलधारमा समाबेश भए पछी सबैले केही लिने केही छोड्ने निती अन्तर्गत बनेको संबिधान पछी कार्यकमिक भिन्नता सकिएका बामपन्थीहरु अलग अलग बुख्याचाको रुपमा उभिनु भन्दा कि एकर्कालाई निल्नु कि मिल्नुको अवस्थामा पुगे।
बसीरहेका दुई महिलाहरुको चुल्ठो कसैले पछाडि बाट बांधिदिएर एक जस्तो बनेका अनी उठ्ने बेलामा चुल्ठोको गांठो कसिएर तानातान भएका महिलाहरुको अबस्था जस्तो गरी दुई ठुला भनेका कम्युनिस्ट हरु मिल्ने काम गरे जुन तेल र पानीको मिस्रण जस्तै थियो।एकआपसमा मिल्दा चाट्ने नमिलेको दिनदेखी शब्दका जार्गनहरुले काट्ने वा अनुकुल हुंदा शिरमा र आफ्नो प्रतिकुल भएमा भिरमा हुत्याउने नेपाली बामपन्थको चरित्र बन्ने गरेको छ।१९ पन्ने आरोप दस्ताबेज र ३८ पन्ने प्रती जबाफ बिभाजन र छिन्नभिन्नताको प्रस्थान बिन्दु बन्न पुग्यो।दुई दलको एकिक्रीत पार्टी निर्माण हुनुभन्दा पनि पार्टी भित्रका गुट्को रुपमा रहेका प्राइभेट कम्पनिहरुको महासंघ जस्तो दल निर्माण भएको थियो।जनताको ब्यापक समर्थन प्राप्त गरेको भए पनि न त कुनै नितिगत भिन्नता नत जनतामा कुनै प्रभावकारी सेवाप्रभाह नै गर्न सक्यो।नत ठुला भ्रस्टचार काण्डको छनबिन र कारबाही नै हुन सक्यो।खाली लाभको पदमा भागबण्डा जस्ता कुराहरुमा नेत्रित्व अल्मलिन पुग्यो।डोजरे र असारे बिकास प्रकृयामा कुनै परिवर्तन आएन।सरकार संचालनको लागि उच्चराजनितिक संयन्त्र गठन गर्नु भनेको मल्लकालको समयमा पाटने छ प्रधानहरुको पाटन राज्य संचालनमा गर्ने गरेको जगजगीको अर्को रुप मात्र जस्तो थियो।सुरुदेखी दोस्रो बरीयातामा रहेर मदन भण्डारीको अबसान पछी लगातार १५ बर्ष सम्म एमालेको नेत्त्रित्व गरेका र देशको प्रधानमन्त्री पद संहाली सकेका माधब नेपाललाई राजनितिमा लागेर पाउन के बांकी रहेको हो सबाल त्यहानिर छ।

संयुक्त जनमोर्चा हुँदै माओवादी जनयुद्ध देखी हालसम्म निरन्तर पार्टिको नेत्त्रित्व गरेका प्रचन्ड पनि दुई पटक देशको प्रधान मन्त्री भएकै हुन।
घटनाको क्रोनोलोजी लाई हेर्दा ६४ सालको चुनावमा शर्मानक पराजय बेहोरे पछी नेत्रित्वबाट हटेका माधव नेपाल आठौ महाधिबेसन बाट निर्बिरोध अधक्ष्य हुने चाहना पुरा नभए पछी नवौ महाधिबेसनमा पुन प्रतिस्पर्धी बनेर निक्ले।जुनबेला देशमा माओवादीको भलबाडी आएको थियो त्यो समयमा कांग्रेस र एमाले कार्यकर्ता सिकार भएकै हुन।माओवादी जनयुद्धको बिस्तार र फैलावट्लाई एमालेको देश भरी रहेको संघठनले उर्बराभुमी प्रदान गरेको हो।स्थानिय कार्यकर्ता या माओवादीमा प्रबेश गराइन्थे या तठस्थ बनाइन्थे या मारिन्थे।आफ्नो जिबनको उर्जासिल समय एमाले भनेर समर्पण गरेका युबा नेताहरु लम्जुङका तिलक पाण्डे,दाङका चक्र डगौरा चौधरी,दोलखाका बुद्धिमान पाख्रिन,ओखल्ढुङाका छबी लाल कार्कीहरु एमालेको प्रतिरक्षा गर्ने क्रममा मारिरहेका बेला केन्द्रमा एमालेको छबी ने क पा एमाले न पोथी न भाले भन्ने अबस्थाको थियो।६४को निर्वाचनमा माओवादीको तर्फबाट निर्बाचित भएका ६४ सभासदहरु पूर्व एमाले कार्यकर्ता थिए।यसरी माओवादीको भलबाडिको समयमा पनि आफ्नो स्वभाब जन्य बिशेषताका कारणले होला ओली माओवादीलाई बनमारा सँग तुलना गर्थे र एमाले पिपल भएको दाबी गर्थे।सुरुमा बनमाराले पिपल छोपे पनि बनमारा सुक्ने र पिपल बढ्ने उनको प्रतिकृया हुन्थ्यो।कम्युनिस्ठहरु अतिबाद बाट सुरु भएर कि त केशर जङ रायमाझी कि राधाकृष्ण मैनाली,देबी ओझा,कमल चौलागाइ वा संस्थापक पुष्पलाललाई सम्म गद्धार देख्ने मोहन बिक्रम सिंह या मोहन बैध हरु हुने रहेछन,या डा बाबुराम भट्टराई बन्ने रहेछन।या त रोहित ,सी पि,तुल्सिलाल,मानन्धर,बर्मा रुपी छिचिमरा बनी खुद्रा पसल चलाऊने रहेछन।संक्रिणताको हद कती सम्म भने माओ कि श्रीमती कम्युनिस्ठ या गैर कम्युनिस्ठ भन्ने कुरामा बिबाद गरी दल फोर्ने कार्य समेत गर्दा रहेछन।५४ सालमा बामदेबलाई महाकाली सन्धिको राष्ट्रबाद जाग्यो अलग पार्टी गठन गरी किनरा सालको लागे अनी ५६को आम निर्वाचनमा पछारिए पछी महाकालीको भुत हरायो र फेरी एकिक्रीत भए ।एकल जातिय नामधारी प्रान्तको लागि मार्क्सबादको पखेटा काटिए पछी अशोक राइ र राजेन्द्र श्रेष्ठको अलग्गै जुरो पलाएकाको अर्को ठुलो समुह उपेन्द्र यादवको पछी लाग्न पुगेका छन।

निर्णय गर्ने क्षमता केही देखिए पनि ओलिमा ब्यबस्थापकिय कला नभएको र आफु नेत्रित्वमा रहेको बेला सबैलाई समेट्ने गरी एकढिक्का पार्टी राख्न नसकेको भने यथार्त हो।महाकाली सन्धी पछी देशले १ अर्ब बिस करोड वार्षिक आम्दानी गर्छ भनी गरेको टेलिभिजन भाषण बाजी,सत्तामा रहदा योग्य मान्छेको छनोट गर्न नसक्नु अत्यान्तै धेरै प्रतिकृयात्मक बन्नु,मेट्रो रेल देखी घर घरमा ग्यासको पाइपलाइन,समुद्री जहाज जस्ता अपत्यारिला आश्वासन ,राम शरण महतको अर्थनितिलाई नै निरन्तरता दिनु उनका कमजोरी देखिन्छन।

ब्यबस्थापकिय केही कुसलता देखिए पनि कठिन समयमा आफुलाई पूर्ण र निरन्तर साथ दिएका ओलीलाइ एक कार्यकाल पनि समर्थन गर्न नसक्नु,होलिवाइन काण्डमा मुछिनु ,सदनमा बिपक्षी जस्तै देश डुब्न लाग्यो भन्दै रोइलो गर्नु ,प्रधानमन्त्री बन्न तत्कालिन दरबारमा बिन्ती पत्र हाल्नु ,एकिक्रित महाकाली सन्धीको अबधारणा ल्याउनु,पद चाहिएको होइन भन्नु तर उधारो होइन हाताहाती माग गर्नु जस्ता कमजोरी माधवका कमजोरी देखिन्छन।

आफ्नो दलको सरकारको नेत्रित्वमा चित्त नबुझेमा वा स्वेछाचारी वा अहंकारी लागेमा समाधानका लागि संसदिय दल मार्फत नेत्तृत्व परिवर्तन गरी दल भित्र बाट बैकल्पिक नेत्तृत्व खोजिनु पर्ने वा महाअधिबेसन मार्फत पार्टी नेत्तृत्व परिवर्तन गरिनु पर्ने बैधानिक बाटो किन प्रयोग गरिएन ? आफ्नो नेताले संसदमा विश्वाशको मत माग्दा तठस्थ बसी दिने तर बिकल्प दिन पर्तिपक्षी दलको नेता सँग हार गुहार गर्ने र सशरिर अदालत र सदनमा उपस्थित भएर साथ दिने कुरा अनुशासनको कारबाही भित्र पर्छ कि पर्दैन? संसद्को बिघटन गरेर निर्वाचनमा जाने कुरा प्रतिगमन र भस्मासुर प्रबृति हुन्छ भनेर अर्थ लगाइयो ? प्रधानमन्त्रिलाई जतिबेला मन लाग्यो बिघटन गरी हाल्ने ? भन्ने प्रश्नको निरुपण र यस् कार्यको संबैधानिकता अदालतले निरुपण गर्नुपर्ने वा गरेको अवस्था हो।कालो बादलमा चंदिको घेरा भनेको ओली सरकारले गरेको बिप्लब र सि के राउतलाई मुलधारमा ल्याउनु ,नक्सामा गुमेको भुभाग समाबेश गर्नु,चिन संग बन्दर्गाह सम्बन्धी पारबहान सन्धी गर्नु,भुकम्पिय बिनासमा परेका भौतिक संरचना निर्माण गर्नु आदी जस्ता कुरा हरु रहेका छन।

प्रतिक्रिया