मंगलबार, साउन २४ २०७९
काठमाडौं २३:४१
वासिङटन डिसी 13:56

लुजियानामा कोभिड-१९ बाट ६ महिनाको बच्चाको मृत्यु

इनेप्लिज २०७८ भदौ ९ गते २३:५० मा प्रकाशित

लुजियानामा कोभिड-१९ बाट ६ महिनाको बच्चाको मृत्यु भएको छ । ६ महिनाको अवधिमा यसरी कोरोना भाइरसबाट १ बर्ष मुनिको बच्चा लुजियाना राज्यमा मृत्यु भएको पहिलो घटना हो ।

अगस्त २५ बुधवारका लुजियाना स्वास्थ्य विभागका अनुसार दिन पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण बच्चाको निधन भएको पुष्टि गरेको एबिसी न्युजले समाचार लेखेको छ ।

साथै ६ महिना मुनिको बच्चाको निधन पहिलो भएको विभागले जनाएको छ । २४ घण्टा भित्र ११० जनाले ज्यान गुमाउने मध्ये उक्त बच्चा पनि परेका हुन् ।

विभागका अनुसार अहिले सम्म ११ जना बच्चाहरु महामारी पछि कोभिड-१९ बाट निधन भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया