एनआरएनए महासचिवमा विनय अधिकारीको उम्मेदवारी किन ?

इनेप्लिज २०७८ भदौ ९ गते २२:०१ मा प्रकाशित

लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ। अधिकारीले आगामी कार्यकालको लागि महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो।

अधिकारीले संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै गैर आवासीय नेपालीहरुको साझा संस्था बनाउन आफ्नो उम्मेदवारी भएको बताउनु भयो।

गैर आवासीय नेपाली संघका कतिपय मुद्धाहरु ओझेलमा परेको बताउँदै अधिकारीले एनआरएनएका प्रमुख मुद्धाको रुपमा रहेको गैर आवासीय नेपाली नागरिकताको विषयलाई कार्यान्वयन गर्न पनि आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नु भयो।

संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय समावेश गरिदा पनि लामो समयदेखि ऐन बन्न नसक्दा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नुहुनु चिन्ताको विषय भएको र त्यसमा अनेक शंका उत्पन्न भएकाले ती विषयलाई जोडदार रुपमा उठाइने बताउनु भयो।

त्यस्तै,उहाँले मध्यपूर्वका श्रमीकहरुका मुद्धालाई सशक्त ढंगले उठाउँदै वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउनका लागि पनि आफू लागिपर्ने बताउनु भयो।

सरकार र एनआरएनएको संयुक्त लगानीमा नेपालमा गर्न लागिएको १० अर्ब फ्रन्टलाई ५० औ अर्व सम्म पुर्याउन आवश्यक भएकोमा जोड दिर्दै फ्रन्टको माध्यमबाट नेपालको आर्थिक सम्मृद्धि गर्न लागिपर्ने उहाँले बताउनु भयो।

बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत हुनुहुन्छ भने एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट उपगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बन्नु भएको थियो।उहाँको मतलाई अग्रजहरु एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने,भवन भट्ट,शेष घले धर्मपत्नी जमुना गुरुगं,कुमार पन्त लगायत विभिन्न तह तप्काका ब्यक्तीहरुले समेत प्रशंसा गर्नु भएको थियो।

आइटी ब्यवसायी समेत रहनु भएको अधिकारीको नेपालमा शिक्षा,स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ।विशेष गरि कलेज क्षेत्रमा आफ्नो लगानी धेरै गर्नु भएको छ ।अधिकारी आर्थिक हिसावले समेत सफल ब्यवसायीको रुपमा चिनिनुहुन्छ।सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि हुनुहुन्छ।

डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित हुनुहुन्छ।

प्रतिक्रिया