गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक

इनेप्लिज २०७८ भदौ ९ गते ९:४६ मा प्रकाशित

काठमाडौंँ।‘म तिम्रो सहर छोडी टाढा’,‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक भएको छ।

मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शीलु अधिकारीको युगल स्वर छ।

गीतको भिडियो समेत निर्माण भएको छ।जसमा रविन शाह र पूर्णिमा मगरको अभिनय देख्न सकिन्छ।प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका हुन्।

बीबी थापा इन्टरटेन्मेन्टको यूट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छाँयाकन,अमृत चापागाईको सम्पादन छ।

प्रतिक्रिया