गोविन्द गिरी प्रेरणाको गीतको म्युजिक भिडियो रिलिज

इनेप्लिज २०७८ भदौ ९ गते २:०५ मा प्रकाशित

चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको शव्दको गीतमा बनेको म्युजिक भिडियो हालै रिलिज भएको छ।

प्रेरणाका शब्द,नरहरि प्रेमीको संगीतमा भारतका ख्यातिप्राप्त गायक कुमार सानुको स्वर रहेको यो गीत प्रेपणाको दोश्रो गीति एल्वम “ गुनासो” को टाइटल गीत हो जुन म्युजिक नेपाल मार्फत वितरण भएको छ।

यो गीत दीपिका श्रेष्ठको आवाजमा पनि रेकर्ड भएको छ।

म्युजिक भिडियोमा जीबी आग्रीको निर्देशन,डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन दुलालको सम्पादन रहेको छ भने असद खान र ववितादेवको अभिनय रहेको छ l

स्मरणीय छ,प्रेरणाको गीतको म्युजिक भिडियो “ नौ डांडा काटेपछि” यसअघि जीबी आग्रीकै निर्देशनमा रिलिज भएर निकैदर्शकहरूको आंखामा बस्न सफल भएको थियो।

डेड दशकभन्दा अघिदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका गीतकार प्रेरणा नेपाली साहित्यका कथा,कविता,निवन्ध,नियात्रा,उपन्यास लगायतमा २ दर्जन बढी कृतिका स्रष्टा हुन् !

प्रतिक्रिया