मेलिना राई र निशान भट्टराईको ‘सालघारीमा’ सार्वजनिक

इनेप्लिज २०७८ भदौ ९ गते १:२२ मा प्रकाशित


काठमाडौं । मेलिना राई र निशान भट्टराईको युगल आवाज रहेको नयां गीत ‘सालघारीमा’ सार्वजनिक गरिएको छ ।

सञ्जीव कोयीले लेखेको ‘सालघारी’मा गीतमा युवा संगीतकार दिलिप कोयीले संगीत भरेका छन् भने राजु कार्कीले एरेन्ज गरेका छन् । अञ्जुली अधिकारी र विजय पुनलाई फिचरिङ गरिएको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी आशिष राइले गरेका हुन् भने दुर्गा बान्तावा राइले छायांकन गरेका छन् ।

गीतकार कोयीले यो म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहेका नेपाली समुदायको ठुलो सहयोग भएको जानकारी दिए ।

गीतकार कोयीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई अहिलेसम्ममा १० हजारभन्दा वढी मानिसहरुले हेरीसकेका छन् । गीतकार कोयी लामो समयदेखि मकाउमा छन्।

म्युजिक भिडियो यहाँ हेर्नुस :

प्रतिक्रिया