समिक्षा पोखरेल,विजयराज फिचर्ड रानीको ‘बुझेनन् कसैले ‘ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ भदौ ८ गते २३:०७ मा प्रकाशित

पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले नयाँ गीत ‘बुझेनन् कसैले’ सार्वजनिक गरेकी छिन।भरत प्रसाद भट्टको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सोमबार सार्वजनिक गरिएको हो।समिक्षा पोखरेल,विजयराज भुर्तेल,लगायत धेरै कलाकारको अभिनय रहेको भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी,विजयराज भुर्तेल सम्पादन र देव धिमालको निर्देशन रहेको छ।गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको पनि संगै रिलिज गरिएको छ।रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन।आधुनिक,डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन।

प्रतिक्रिया