तिजको रमझममा नाच्दै अनु शाह

इनेप्लिज २०७८ भदौ ८ गते २३:०१ मा प्रकाशित

नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन्।यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा तीज गीत सार्वजनिक भएको छ।सुरक्षा सेन्चुरीको श्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ।

सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ।केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो साडि र सिउँदो भरि सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकि छिन्।यस गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन्,भिडियोकि निर्देशक उषा मलाह सिम्रन हुन्।शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन्।

प्रतिक्रिया