सूचनाको अधिकार– प्रत्येक तीन महिनामा विवरण सार्वजनिकरण गर्ने

इनेप्लिज २०७८ भदौ ८ गते २१:४७ मा प्रकाशित

विराटनगर,८ भदौ।जिल्ला प्रशासन कार्यालय मोरङसमक्ष जिल्लास्थित सरकारी कार्यालय,संस्थानहरुले प्रत्येक तीन महिनामा कार्यालयको कार्य प्रगति विवरण प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको छ।

कार्यालयमा आज बसेको बैठकले जिल्लास्ति सूचना अधिकारीहरुले आआफ्नो कार्यालयको प्रत्येक तीन महिनाको ४ गते विवरण प्रतिवेदन प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग र हुलाक कार्यालयमा पेश गर्नुपर्ने वैठकले निर्णय गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रतिवेदन प्राप्त भएको सोही महिनाको १५ गते पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्ने बताउनु भयो।

उहाँले सूचनाको अधिकारको ऐन अनुसार आयोगको ढांचा अनुसार प्रतिवेशन पेश गर्नुपर्ने निर्देशन दिनु भयो।

प्रजिअ निरौलाले आगामी एक सप्ताह भित्र आआफ्नो कार्यालयको विबरण प्रतिवेदन गर्न आग्रह गर्दै नभए कार्यालयका सूचना अधिकारी र प्रमुखलाई स्पष्टिकरण सोध्ने वैठकमा जानकारी दिनु भयो।

उहाँले प्राप्त विवरण जिल्ला प्रशासन कार्यालयको वेव साइट राखिने तथा सम्पूर्ण कार्यालयहरुलाई वेव साइट निर्माण गर्न निर्देशन दिनु भयो।

प्रजिअ निरौलाले यस आर्थिक वर्षदेखि संघसंस्थाले दर्ता वा नविकरणका समयमा सूचना अधिकारीको अनिवार्य तोक्नु पर्ने व्यवस्था गरिएको जानकारी दिनु भयो।

आयोगले दिन नमिल्ने वाहेक अन्य सबै सूचना माग अनुसार उपलव्ध गराउनु पर्ने बैठकमा बताइयो।

सूचनाको हक अधिकार कार्यान्वयनमा महत्वपूर्ण भूमिका अवलम्वन गर्न सम्पूर्ण अधिकारीलाई आग्रह छ।

वैठकमा मोरङ जिल्लास्थित ४७ कार्यालयका सूचना अधिकारीकारीहरुको सहभागिता थियो।

 

प्रतिक्रिया