शनिबार, माघ १५ २०७८
काठमाडौं १०:३३
वासिङटन डिसी 23:48

भर्जिनिया बिश्वबिद्यालयद्वारा खोप नलगाउने ४९ जना बिधार्थीहरुको नामदर्ता खारेज

इनेप्लिज २०७८ भदौ ८ गते १०:५६ मा प्रकाशित

 

अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया (भर्जिनिया बिश्वबिद्यालय)कोरोना बिरुद्ध खोप लगाउन अनिवार्य गरेको अवस्थामा खोप नलगाउने ४९ जना बिधार्थीहरुको नामदर्ता खारेज गरेको छ ।

आगामी शरद ऋतुका लागि उनीहरुले नाम दर्ता गराएका थिए । बिश्वबिद्यालयले दिएको मार्गदर्शनलाई पालना नगरेको देखिएकोले ४९ जनाले दर्ता गराएको नाम हटाइएको छ ।

भर्जिनिया बिश्वबिद्यालयका अधिकारीहरुले गत शुक्रवार उक्त जानकारी गराएका छन् । अधिकारीका अनुसार गत मे महिना देखि खोप अनिवार्य गरेको छ । उक्त बिश्वबिद्यालयका ९६ प्रतिशत बिद्यार्थीहरुले खोप लगाएका छन ।

तर ३३५ बिद्यार्थीहरुलाई धार्मिक र चिकित्सा छुट दिईएको छ भने उनीहरुलाई स्थायी छुट दिइएको अधिकारीहरुले बताए ।

साथै यसको अतिरिक्त १८४ लाई विद्यार्थीहरुलाई खोप लगाउन समस्या भएकोले अस्थायी छूट दिएको बताएको छ । तर उनीहरु बिश्वबिद्यालयमा आउदा खोप लगाउने योजना रहेको समेत अधिकारीहरुले बताए ।

भर्ना भएका १ प्रतिशत भन्दा कम विद्यार्थीहरु अर्थात् २३८ बिद्यार्थीहरु बिश्वबिद्यालयले जारी गरेको खोपको आदेश र अनिवार्यतालाई आज्ञापालन नगरेको बताएका छन् । तर त्यस मध्ये ४९ जनाले मात्र कुन बिषय लिने भनि छनौट गरेका छन् । १८९ जना बिधार्थीहरु अझ पनि शरद ऋतुमा कक्षामा आउने योजना बनाइ नसकेको प्रवक्ता ब्रायन कोले बताए ।

अझ पनि अगस्त २५ सम्म नाम लेखाउन सकिने समय छ भने तर उनीहरुले बिश्वबिद्यालयको आज्ञापालन गर्नु पर्ने अनिवार्य भएको प्रवक्ताले जानकारी गराएका छन् भनि वाशिंगटन पोष्टले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया